महानगरको अनुगमन : ४ महिनामा ७ कम्पनीलाई कारवाही, ९ लाख ६० हजार राजस्व संकलन

२१ कात्तिक,काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को ४ महिनामा बजार अनुगमनबाट ९ लाख रूपैयाँभन्दा धेरै राजस्व संकलन गरेको छ । साउनदेखि यता ४३ दिनमा १६५ वटा स्थानको अनुगमन गरेको महानगरले कारबाही स्वरूपको जरिवानाबाट ९ …

सम्बन्धित सामग्री

यातायात कार्यालय वीरगञ्जको राजस्व संकलन एक करोड ३३ लाखले घट्यो

वीरगञ्ज – यातायात व्यवस्था कार्यालय वीरगञ्जको राजस्व संकलन घटेको छ। कार्यालयको लाइसेन्स शाखाको राजस्व संकलन पहिलेको भन्दा घटेको हो। कार्यालयले दिएको तथ्यांकअनुसार लाइसेन्स शाखाले ०७९÷८० मा ०७८÷७९ को भन्दा कम राजस्व संकलन गरेको छ। कार्यालयको लाइसेन्स शाखाले ०७९/८० मा १५ करोड ८३ लाख ६० हजार ६ सय ४ रुपैयाँ राजस्व संकलन गरेको छ। जबकि त्यसभन्दा […]

डोटीमा ५८ करोड बढी राजस्व संकलन, एक अर्ब फ्रिज

डोटीमा गत आर्थिक वर्ष २०७८/७९ मा ५८ करोड करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले दिएको जानकारीअनुसार जिल्लामा गएको आर्थिक वर्षको अन्तसम्ममा ५८ करोड २६ लाख ७१ हजार ४७३ राजस्व सङ्कलन भएको छ । यसैगरी जिल्लामा एक अर्ब ५७ लाख ६० हजार ३६५ बजेट फ्रिज भएको छ । तोकिएको समयमा काम गर्न तथा रकम खर्च गर्न नसकिएका कारण जिल्लामा बजेट फ्रिज भएको बताइएको छ । जिल्लाका नौवटा स्थानीय तहमा सङ्घीय सरकारमार्फत आएको कूल बजेटमध्ये बोगटान फुड्सिल गाउँपालिकामा सबैभन्दा बढी रकम फ्रि

लक्ष्यभन्दा कम राजस्व संकलन

चितवन । पुस महिनामा आन्तरिक राजस्व कार्यालय, भरतपुरको राजस्व संकलन घटेको छ । आन्तरिक राजस्व विभागले पुुसका लागि २ अर्ब ५१ करोड ७८ लाख ३९ हजार लक्ष्य दिएकोमा कार्यालयले १ अर्ब ७९ करोड ३४ लाख ६० हजार रुपैयाँ मात्र असुली गरेको हो, जुन लक्ष्यभन्दा २९ प्रतिशत कम हो । कार्यालयको राजस्व संकलनको अधिकांश हिस्सा ओगटेको अन्तःशुल्क शीर्षकमा पुसमा ठूलो कमी आएको छ । यस शीर्षकमा लक्ष्यको ५९ दशमलब शून्य १ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । अन्तःशुल्कतर्फ विभागले १ अर्ब ७७ करोड १९ लाख ७६ हजार असुलीको लक्ष्य दिएकोमा कार्यालयले १ अर्ब ४ करोड ५६ लाख ९१ हजार रुपैयाँ मात्र उठेको हो । कार्यालयले आयकर, बहालकर र स्वास्थ्य सेवा करबाहेक अन्य शीर्षकमा लक्ष्य भेट्टाएको छैन, जसअनुसार आयकर शीर्षकमा ५१ करोड ७७ लाख ५४ हजार लक्ष्य दिइएकोमा ५३ करोड ७८ लाख १५ हजार, बहालकर शीर्षकमा १ करोड ४ लाख ६८ हजार लक्ष्य दिएकोमा १ करोड २६ लाख ३३ हजार र स्वास्थ्य सेवा कर शीर्षकमा ६ लाख ६८ हजार लक्ष्य रहेकोमा १८ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी मूल्य अभिवृद्धि कर र ब्याजकरमा पनि लक्ष्य अनुसार राजस्व असुली भएको छैन । मूअक शीर्षकमा विभागले २० करोड ३२ लाख ६९ हजार असुलीको लक्ष्य दिएकोमा १८ करोड ३० लाख ८७ हजार र ब्याजकर शीर्षकमा १ करोड ३२ लाख ६६ हजार लक्ष्य दिइएकोमा १ करोड २६ लाख ३३ हजार रुपैयाँ असुली भएको छ । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत हरि ढकालले पछिल्ला महिनामा मदिरालगायत वस्तुको कारोबार कम भई राजस्व संकलनमा पनि असर परेको बताए । ‘कोरोनाले गर्दा अझै पनि बजार सामान्य अवस्थामा फर्किएको छैन,’ उनले भने, ‘सबै क्षेत्रको कारोबार सुस्त हुँदा अन्तःशुल्कमा ठूलो असर पर्छ ।’ कार्यालयको राजस्व अन्तःशुल्कमा निर्भर रहने भएकाले पुसको कुल राजस्व संकलन प्रभावित भएको उनको भनाइ छ । ‘अन्य शीर्षकमा जतिसुकै राजस्व असुली भए पनि अन्तःशुल्कमा लक्ष्य अनुसार राजस्व संकलन भएन भने समग्र असुलीमा असर पर्छ,’ उनले भने । विभागले चालू आवको पुस महिनासम्ममा ९ अर्ब ६५ करोड ५१ लाख २ हजार राजस्व असुलीको लक्ष्य दिएकोमा कार्यालयले ९ अर्ब ८४ करोड ८३ लाख ६७ हजार रुपैयाँ संकलन गरेको छ । विभागले यस वर्ष कार्यालयलाई २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ ।

चितवन ट्राफिक प्रहरीद्वारा २५ लाख ७३ हजार राजस्व संकलन

चितवन । ट्राफिक प्रहरी कार्यालय चितवनले आर्थिक वर्ष २०७८/७९ को पहिलो महीना (साउन)मा २५ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार सबै प्रकारका सवारीसाधनको कारबाहीबाट १ महीना अवधिमा २५ लाख ७३ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको हो । सो अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ७५७ ओटा सवारीसाधनलाई कार्यालयले कारबाही गरेको थियो । साउनमा सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम ट्र्याक्टर कारबाहीमा परेका छन् । मोटरसाइकल कारबाहीबाट मात्रै ६ लाख ७३ हजार र ट्र्याक्टरको कारबाहीबाट १ लाख ३१ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, कार/जीप/भ्यानको कारबाहीबाट ६ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयले ट्रक/टिपरबाट ६ लाख ११ हजार, बस/माइक्रो बसबाट २ लाख ९० हजार र  टेम्पो तथा अन्य सवारीसाधनबाट २ लाख ८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले निषेधाज्ञा शुरू भएसँगै कारबाहीको संख्या र राजस्व संकलन पनि तुलनात्मक रूपमा उक्त महीना कम भएको बताए । ‘निषेधाज्ञाले सवारीसाधन जोरबिजोर प्रणालीमा चलेका छन्,’ उनले भने, ‘कारबाही र जरीवाना पनि कम भएको छ ।’ अधिकांश सवारीधनीले जरीवानाको रसिद काटेपछि समयमै बैंकमा जम्मा नगर्ने भएकाले राजस्व संकलनमा असर परेको थापाले बताए । सवारीसाधन कम चले पनि ट्राफिक चेकिङमा कडाइ गरिएकाले राजस्व संकलन सन्तोषजनक भएको थापाको भनाइ छ । साउनमा सवारी दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् । कार्यालयका अनुसार सो अवधिमा २३ जना गम्भीर घाइते र ५२ जना साधारण घाइते भएका थिए । एक महीनाको अवधिमा ५१ ओटा दुर्घटना भएको थियो । यसबाट सवारीसाधनतर्फ ९६ लाख ६२ हजार रुपैयाँ बराबरको क्षति भएको ट्राफिक प्रहरीको अनुमान छ ।

चितवन ट्राफिक प्रहरीद्वारा साउन महीनामा २५ लाख ७३ हजार राजस्व संकलन

भदा ३, चितवन । ट्राफिक प्रहरी कार्यालय चितवनले आर्थिक वर्ष ०७८/७९ को साउन महीनामा २५ लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।  कार्यालयका अनुसार सबै प्रकारका सवारीसाधनको कारवाहीबाट एक महीनाको अवधिमा २५ लाख ७३ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको हो । कार्यालयले सो अवधिमा २ हजार ७५७ ओटा सवारीसाधनलाई कारवाही गरेको थियो ।  सबैभन्दा बढी कारवाहीमा मोटरसाइकल  चालू आवको साउन महीनामा सबैभन्दा बढी ७८६ ओटा मोटरसाइकल कारवाहीमा परेका छन् र सबैभन्दा कम ट्याक्टर कारवाहीमा परेका छन् ।  मोटरसाइकल कारबाहीबाट मात्रै ६ लाख ७३ हजार रुपैयांँ राजस्व संकलन भएको छ भने १३२ ओटा ट्याक्टरलाई कारवाहीबाट १ लाख ३१ हजार पांँचसय रुपैयाँ राजस्व संकलन गरेको छ ।  यस्तै, दोस्रो सबैभन्दा बढी ६७२ ओटा कार जीप भ्यान कारवाहीमा परेका छन् जसबाट ६ लाख ६० हजार रुपैयांँ राजस्व संकलन भएको छ । कार्यालयले ५९० ओटा ट्रक ट्रिपरबाट ६ लाख ११ हजार, ३०७ ओटा बस माईक्रोबाट २ लाख ९० हजार र २७० ओटा टेम्पो र अन्य सवारीसाधनबाट २ लाख ८ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।  कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले निषेधाज्ञा शुरु भएसँगै कारवाहीको संख्या र राजस्व संकलन पनि तुलनात्मक रुपमा उक्त महीना कम भएको बताए । ‘निषेधाज्ञाले सवारीसाधन जोरविजोर प्रणालीमा चलेका छन् उनले भने, कारवाही र जरीवाना पनि कम भएको छ ।’  अधिकांश सवारीधनीले जरीवानाको रसिद काटेपछि समयमै बैंकमा जम्मा नगर्ने भएकोले राजस्व संकलनमा असर परेको थापाले बताए । सवारीसाधन कम चलेपनि ट्राफिक चेकिङमा कडाई गरिएको कारण राजस्व संकलन सन्तोषजनक भएको थापाको भनाइ छ ।  एक महीनामा ११ जनाको मृत्यु, ७५ जना घाइते  साउन महीनाभित्र सवारी दूर्घटनामा परेर ११ जनाको मृत्यु भएको छ भने ७५ जना घाईते भएका छन् । मृत्यु भएका मध्ये ९ जना पुरुष र २ जना महिला रहेका छन ।  कार्यालयका अनुसार सो अवधिमा २३ जना गम्भिर घाईते र ५२ जना साधारण घाईते भएका थिए । एक महीनाको अवधिमा दूर्घटना संख्या ५१ ओटा भएको थियो भने भने ७८ ओटा सवारीसाधन दूर्घटनामा संलग्न थिए । यसबाट ट्राफिक प्रहरीले ९६ लाख ६२ हजार बराबरको सवारीसाधनको भौतिक क्षति भएको अनुमान गरेको छ ।  कार्यालयका प्रमुख थापाले सवारीसाधन कम चलेसँगै दूर्घटनाको संख्यासँगै अघिल्ला महीनाहरुमा भन्दा मृत्यु र घाईतेको संख्या पनि कम भएको भए । ‘सवारीसाधन कम चलेपछि हाम्रो जनशक्तिपनि सहजरुपमा परिचालन गर्न सकिन्छ । उनले भने, हामीले स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्न गराउन पनि निगरानी थप बढाएका छौं ।’

करदाता कार्यालय गुल्मीबाट २१ करोड ६० लाख बढी राजस्व संकलन

गुल्मी : गुल्मीमा करदाता सेवा कार्यालयबाट २१ करोड ६० लाख ४६ हजार राजस्व संकलन भएको छ। आर्थिक वर्ष २०७७ ।०७८ को आयकर ९ करोड ७५ लाख, घर भाडा कर १४ लाख ६० हजार, व्याज कर ५० लाख, मूल्य अभिबृद्धि कर (भ्याट) १० करोड ४८ लाख र अन्तशुल्क कर ७१ लाख संकलन भएको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख टंक भुसालले जानकारी दिए। करसम्बन्धी सेवाप्रवाह, बजार अनुगमन, कर संकलन, खाता प्रमाणित, भ्याटमा दर्ता, कारोबार परिर्वतन, अन्तशुल्क संकलन,व्यवसाय खारेज, कर शिक्षा जस्ता सेवा प्रवाहका कार्यहरु कार्यालय मार्फत भएक

गुल्मीमा २१ करोड बढी राजस्व संकलन

११ साउन, गुल्मी । गुल्मीमा करदाता सेवा कार्यालयबाट आर्थिक वर्ष ०७७ र ०७८ मा २१ करोड ६० लाख ४६ हजार राजस्व संकलन भएको छ । जसअनुसार आय कर ९ करोड ७५ लाख, घर भाडा कर १४ लाख ६० हजार, व्याज कर ५० लाख, भ्याट कर १० करोड ४८ लाख र अन्तः शुल्क कर ७१ लाख […]

ट्राफिक कार्यालय चितवन : राजस्व संकलन ३ करोडभन्दा बढी

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले चालू आर्थिक वर्षको ११ महीनामा ३ करोड ९ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिमा सबैभन्दा बढी राजस्व संकलन माघमा ४७ लाख १२ हजार र सबैभन्दा कम जेठमा ९ लाख २३ हजार रुपैयाँ संकलन गरेको छ । कार्यालयका अनुसार साउनमा ९ लाख २६ हजार, भदौमा ६ लाख ८४ हजार, असोजमा २९ लाख ७७ हजार, कात्तिकमा ३४ लाख ३० हजार र मङ्सिरमा ३६ लाख ६३ हजार, पुसमा ४४ लाख ४४ हजार, फागुनमा ३१ लाख ६२ हजार, चैतमा ३८ लाख १५ हजार र वैशाखमा २२ लाख २५ हजार राजस्व संकलन गरेको छ । पुसभन्दा अघिका महीनामा दुर्घटनाको अनुपात बढ्दै गएकाले त्यसपछिका महीनामा विशेष अभियान चलाइएकाले माघमा राजस्व संकलनमा वृद्धि भएको चितवन ट्राफिक प्रहरी प्रमुख भगवानराज थापाले बताए । जेठभर निषेधाज्ञा भएको र अत्यावश्यक सवारीसाधन मात्र चलेकाले राजस्व संकलनमा कमी आएको उनले बताए । ‘सार्वजनिक, निजी सवारी पनि चलेनन्,’ उनले भने, ‘कारबाहीमा परेकाहरूले भुक्तानी रकम बैंकमार्फत तिर्न सहज पनि भएन ।’ कार्यालयले जेठसम्ममा सबैभन्दा बढी राजस्व संकलन मोटरसाइकलबाट र सबैभन्दा कम राजस्व संकलन ट्र्याक्टरबाट संकलन गरेको छ । मोटरसाइकलबाट ११ महीनामा ८९ लाख ११ हजार र ट्र्याक्टरबाट १२ लाख १ हजार राजस्व संकलन गरेको हो । यसैगरी जीप/कारबाट ७९ लाख ३३ हजार, ट्रक÷टिपरबाट ६६ लाख ३६ हजार, बस÷माइक्रो बसबाट ३५ लाख ६० हजार र टेम्पोबाट २७ लाख २२ हजार राजस्व असुली भएको छ । कार्यालय प्रमुख थापाले चितवनमा गुड्ने सवारीसाधनमध्ये मोटरसाइकलको संख्या बढी भएको र कारबाही पनि यो सवारीसाधनकै धेरै हुनाले बढी राजस्व संकलन भएको बताए । ट्र्याक्टरको संख्या र आवागमन पनि कम हुने, विशेषगरी यी सवारीसाधन ग्रामीण क्षेत्रतिर गुड्ने र ट्राफिक प्रहरीको पहुँच कम हुँदा राजस्व संकलन कम हुने गरेको उनको भनाइ छ । ३६ हजार ४२२ सवारीसाधनमाथि कारबाही चालू आवको ११ महीना अवधिमा कार्यालयले ३६ हजार ४२२ सवारीसाधनलाई कारबाही गरेको छ । यीमध्ये सबैभन्दा बढी १० हजार ६०३ मोटरसाइकल चालक बढी कारबाहीमा परेका छन् भने सबैभन्दा सबैभन्दा कम १ हजार ३९४ ट्र्याक्टर चालक कारबाहीमा परेका छन् । कार्यालयका अनुसार यस अवधिमा कारबाहीमा ९ हजार १ सय ९८ जीप÷कारचालक, ७ हजार ५२९ ट्रक÷टिपर चालक, ४ हजार १४९ बस÷माइक्रो बस र ३ हजार ५४९ टेम्पो र अन्य सवारीसाधनका चालक रहेका छन् ।

ट्राफिक कार्यालय, चितवनको राजस्व संकलन ३ करोडभन्दा बढी

असार ८, चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले चालू आर्थिक वर्षको ११ महिनामा ३ करोड ९ लाख ६५ हजार ५०० राजस्व संकलन गरेको छ । सो अवधिमा सबैभन्दा बढी राजस्व संकलन माघ महिनामा ४७ लाख १२ हजार ५सय र सबैभन्दा कम ज्येष्ठ महिनामा ९ लाख २३ हजार रुपैयांँ संकलन गरेको छ ।  कार्यालयले दिएको जानकारी अनुसार श्रावण महिनामा ९ लाख २६ हजार, भदौ महिनामा ६ लाख ८४ हजार पांँच सय, असोज महिनामा २९ लाख ७७ हजार पांँच सय, कात्तिक महिनामा ३४ लाख ३० हजार र मंसीर महिनामा ३६ लाख ६३ हजार पांँच सय रुपैयांँ संकलन गरेको छ । यसैगरी कार्यालयले पुस महिनामा ४४ लाख ४४ हजार पांँच सयँ, फागुन महिनामा ३१ लाख ६२ हजार पांँच सय, चैत महिनामा ३८ लाख १५ हजार पांँच सय र वैशाख महिनामा २२ लाख २५ हजार राजस्व संकलन गरेको छ । पुसभन्दा अघिका महिनामा दुर्घटनाको अनुपात बढ्दै गएका कारण त्यसपछिका महिनाहरुमा बिशेष अभियान चलाईएका कारण माघ महिनामा राजस्व संकलनमा बृद्धि भएको चितवन  ट्राफिक प्रहरी प्रमुख भगवानराज थापाले बताए । ‘विशेषगरी मंसीरसम्म अघि दुर्घटना, घाइते र मृत्यको संख्या बढ्दै गयो,’ थापाले भने, ‘त्यसपछि वाग्मती प्रदेश ट्राफिक र जिल्ला प्रहरी कार्यालयको समन्वयमा चेकजांँचमा थप कडाई गरियो । गतबर्ष लगाईएको लकडाउन पनि खुल्ला भयो ।’ जेठ महिनाभर निशेधाज्ञा भएको र अतिआवश्यक सवारी मात्र चल्नुका साथै अन्य सवारीसाधनको आगमन नभएकोले राजस्व संकलनमा कमी आएको उनले बताए । ‘सार्वजनिक, नीजि सवारी पनि चलेनन, अतिआवश्यक सवारीसाधन मात्रै चल,े उनले भने, कारबाही गरिएको भुक्तानी बैंक मार्फत सवारीधनीलाई तिर्न सहज पनि भएन ।’ सबैभन्दा बढी राजस्व संकलन मोटरसाइकलबाट  कार्यालयले चालु आवको जेठ महिनासम्म सबै भन्दा बढी राजस्व संकलन मोटरसाइकलबाट गरेको छ । भने सबैभन्दा कम राजस्व संकलन टेक्टरबाट संकलन गरेको छ । जसअनुसार मोटरसाइकलबाट ११ महिनामा ८९ लाख ११ हजार पांँचसय रुपैयांँ र ट्र्याक्टरबाट १२ लाख १ हजार पांँचसय रुपैयांँ राजस्व संकलन गरेको छ । यसैगरी कार्यालयले जीपकारबाट ७९ लाख ३३ हजार रुपैयांँ, ट्रक÷टिपरबाट ६६ लाख ३६ हजार पांँच सय, बस माइक्रोबाट ३५ लाख ६० हजार र टेम्पोबाट २७ लाख २२ हजार पांँच सय रुपैयांँ राजस्व संकलन गरेको छ । कार्यालय प्रमुख थापाले चितवनमा गुड्ने सवारीसाधनमध्ये मोटरसाइकलको संख्या बढी भएको र कारवाही पनि यो सवारीसाधनकै बढी हुनाले मोटरसाइकलबाट बढी राजस्व संकलन हुने उनले बताए । ट्र्याक्टरको संख्या र आवागमन पनि कम हुने र विशेषगरी यी सवारीसाधन ग्रामीण क्षेत्रतिर गुड्ने र ट्राफिक प्रहरीको पहुंँच कम हुने हुनाले पनि राजस्व संकलन कम हुने उनको भनाइ छ ।  ३६ हजार ४२२ सवारीसाधन माथि कारबाही  चालू आवको ११ महिनाको अवधिमा कार्यालयले ३६ हजार ४२२ सवारीसाधनलाई कारबाही गरेको छ । यीमध्ये सबैभन्दा बढी १० हजार ६०३ मोटरसाइकल चालक बढी कारबाहीमा परेका छन् भने सबैभन्दा सबैभन्दा कम एक हजार ३९४   ट्र्याक्टर चालक कारबाहीमा परेका छन् । कार्यालयका अनुसार यस अवधिमा कारबाहीमा  ९ हजार १ सय ९८ जीप, कारचालक, ७ हजार ५सय २९ ट्रक ट्रिप्पर चालक, ४ हजार १सय ४९ वटा बस र माइक्रो र ३ हजार पांँच सय ४९ टेम्पो र अन्य सवारीसाधन चालक रहेका छन् । सवारीसाधन संख्या अनुसार लापरबाही र कारबाही पनि सोही अनुपात बढने भएकोले मोटरसाइकलको बढी र ट्र्याक्टरको कारबाही कम भएको उनले बताए । ‘जिल्लामा मोटरसाइकलबाट बढी लापरबाही, दुर्घटना, घाइते पनि यही सवारीसाधनबाट हुन्छ । कारबाही पनि बढी यसैको हुन्छ,’ उनले भने ।