ट्राफिक कार्यालय चितवन : राजस्व संकलन ३ करोडभन्दा बढी

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले चालू आर्थिक वर्षको ११ महीनामा ३ करोड ९ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिमा सबैभन्दा बढी राजस्व संकलन माघमा ४७ लाख १२ हजार र सबैभन्दा कम जेठमा ९ लाख २३ हजार रुपैयाँ संकलन गरेको छ । कार्यालयका अनुसार साउनमा ९ लाख २६ हजार, भदौमा ६ लाख ८४ हजार, असोजमा २९ लाख ७७ हजार, कात्तिकमा ३४ लाख ३० हजार र मङ्सिरमा ३६ लाख ६३ हजार, पुसमा ४४ लाख ४४ हजार, फागुनमा ३१ लाख ६२ हजार, चैतमा ३८ लाख १५ हजार र वैशाखमा २२ लाख २५ हजार राजस्व संकलन गरेको छ । पुसभन्दा अघिका महीनामा दुर्घटनाको अनुपात बढ्दै गएकाले त्यसपछिका महीनामा विशेष अभियान चलाइएकाले माघमा राजस्व संकलनमा वृद्धि भएको चितवन ट्राफिक प्रहरी प्रमुख भगवानराज थापाले बताए । जेठभर निषेधाज्ञा भएको र अत्यावश्यक सवारीसाधन मात्र चलेकाले राजस्व संकलनमा कमी आएको उनले बताए । ‘सार्वजनिक, निजी सवारी पनि चलेनन्,’ उनले भने, ‘कारबाहीमा परेकाहरूले भुक्तानी रकम बैंकमार्फत तिर्न सहज पनि भएन ।’ कार्यालयले जेठसम्ममा सबैभन्दा बढी राजस्व संकलन मोटरसाइकलबाट र सबैभन्दा कम राजस्व संकलन ट्र्याक्टरबाट संकलन गरेको छ । मोटरसाइकलबाट ११ महीनामा ८९ लाख ११ हजार र ट्र्याक्टरबाट १२ लाख १ हजार राजस्व संकलन गरेको हो । यसैगरी जीप/कारबाट ७९ लाख ३३ हजार, ट्रक÷टिपरबाट ६६ लाख ३६ हजार, बस÷माइक्रो बसबाट ३५ लाख ६० हजार र टेम्पोबाट २७ लाख २२ हजार राजस्व असुली भएको छ । कार्यालय प्रमुख थापाले चितवनमा गुड्ने सवारीसाधनमध्ये मोटरसाइकलको संख्या बढी भएको र कारबाही पनि यो सवारीसाधनकै धेरै हुनाले बढी राजस्व संकलन भएको बताए । ट्र्याक्टरको संख्या र आवागमन पनि कम हुने, विशेषगरी यी सवारीसाधन ग्रामीण क्षेत्रतिर गुड्ने र ट्राफिक प्रहरीको पहुँच कम हुँदा राजस्व संकलन कम हुने गरेको उनको भनाइ छ । ३६ हजार ४२२ सवारीसाधनमाथि कारबाही चालू आवको ११ महीना अवधिमा कार्यालयले ३६ हजार ४२२ सवारीसाधनलाई कारबाही गरेको छ । यीमध्ये सबैभन्दा बढी १० हजार ६०३ मोटरसाइकल चालक बढी कारबाहीमा परेका छन् भने सबैभन्दा सबैभन्दा कम १ हजार ३९४ ट्र्याक्टर चालक कारबाहीमा परेका छन् । कार्यालयका अनुसार यस अवधिमा कारबाहीमा ९ हजार १ सय ९८ जीप÷कारचालक, ७ हजार ५२९ ट्रक÷टिपर चालक, ४ हजार १४९ बस÷माइक्रो बस र ३ हजार ५४९ टेम्पो र अन्य सवारीसाधनका चालक रहेका छन् ।

सम्बन्धित सामग्री

अब वडाबाटै मालपोतको राजस्व संकलन

रामपुर नगरपालिकाले अब वडा कार्यालयबाटै मालपोतको राजस्व संकलन गर्ने भएको छ। मालपोत कार्यालयको राजस्व बुझाउन नगरपालिकाको कार्यालयमै धाउनुपर्दा नागरिकले निकै सास्ती खेप्नुपरेपछि वडा कार्यालयबाटै राजस्व संकलन गरिने नगरप्रमुख रमणबहादुर थापा बताए। ‘थोरै...

नौ करोड राजस्व संकलन

म्याग्दीका ६ स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/०८० मा साढे नौ करोड रुपैयाँ राजस्व संकलन गरेका छन् । चालु आर्थिक वर्षमा म्याग्दीका ६ पालिकाले नौ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेका हुन् । म्याग्दीको बेनी नगरपालिकासहित ६ पालिकाले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सफल भएका छन् । सबैभन्दा बढी राजस्व संकलन बेनी नगरपालिकाले गरेको छ […]

आर्थिक मन्दीले राजस्व संकलन प्रभावित

आर्थिक मन्दीको प्रभाव राजस्व संकलनमा परेको छ । आर्थिक मन्दीको कारण व्यापार व्यवसाय संकटमा परेपछि राजस्व संकलन प्रभावित हुन थालेको हो । व्यापार घटेपछि व्यवसायीहरू बैंकको किस्ता र राजस्व बुझाउने अवस्थामा रहेका छैनन् । सोही कारण राजस्व संकलन निरासजनक देखिएको हो । आन्तरिक राजस्व कार्यालय जुम्लाका अनुसार राजस्व संकलन लक्ष्य अनुसार हुन सकेको छैन । […]

निरन्तर घट्दै राजस्व संकलन

विराटनगर भन्सारले चालु आर्थिक वर्षको कुनै पनि महिना लक्ष अनुसार राजस्व संकलन गर्न सकेको छैन।

लक्ष्यभन्दा बढी राजस्व संकलन

सिन्धुलिस्थित आन्तरिक राजस्व कार्यालयले लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ ।कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो । कार्यालयले ३७ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ४८ करोड ३३ लाख ९१ हजार रुपैयाँ संकलन गरेको जनाएको छ । सो रकम लक्ष्य भन्दा १३१ प्रतिशतले बढी हो ।कार्यालयका प्रमुख भावना चौलागाईँका […]

जुम्लामा ४० करोड राजस्व संकलन

जुम्लामा गत आर्थिक वर्षमा लक्ष्य भन्दा ७ करोड बढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा आन्तरिक राजस्व कार्यालय जुम्लाले लक्ष्य भन्दा ७ करोड बढी राजस्व संकलन गरेको हो ।वार्षिक प्रतिवेदन अनुसार आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आवमा कुल ४० करोड २७ लाख २४ हजार राजस्व संकलन गरेको छ । जुन लक्ष्य भन्दा […]

११ लाख राजस्व संकलन

रुकुम पश्चिमको जिल्ला ट्राफिक प्रहरी कार्यालयले ११ लाख भन्दा बढी राजस्व संकलन गरेको छ ।चालू आर्थिक वर्ष सुरु भएसँगै गएको साउनदेखि पुस महिनासम्म ११ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । ट्राफिक प्रहरी कार्यालयका प्रमुख गंगाराम बिकका अनुसार ६ महिनाको अवधिमा ११ सय २० सवारीसाधन कारवाहीबाट राजस्व संकलन गरिएको छ । जसमध्ये सबैभन्दा […]

जोखिमकै बीच धेरै राजस्व संकलन

यातायात व्यवस्था कार्यालय नेपालगन्जले कोभिड–१९ (कोरोना भाइरस) संक्रमणकै समयमा ठूलो मात्रामा राजस्व संकलन गरेको छ।...

कर्णालीको राजस्व संकलन उत्साहजनक

कर्णाली प्रदेश सरकार लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । कोरोना महामारी जारी रहेको अवस्थामा पनि कर्णाली सरकारले चालु आर्थिक वर्षको ११ महिनामै लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४६ करोड भन्दाबढी राजस्व संकलन भएको छ ।आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार कर्णालीमा चालु आर्थिक वर्षको […]