संवैधानिक निकायमा नियुक्तिविरुद्धकाे रिटमाथिको सुनुवाइ स्थगित

अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध परेको रिटमा बुधबारदेखि हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।  २०७७ मंसिर १ गते सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । तर, विपक्षी बनाइएका संवैधानिक निकायका पदाधिकारीका कानून व्यवसायीले प्रश्न उठाएपछि सुनुवाइ  स्थगित भएको सर्वोच्च स्रोतले जनाएको छ। मुद्दा अहिले पनि संयुक्त इजलासमा रहेको भन्दै उनीहरुले सबैलाई संवैधानिक इजलासमा राखेर एकसाथ सुनुवाइ हुनुपर्ने माग राखेको बताइएको छ । संवैधानिक इजलासमा रहेको सो मुद्दामा सुनुवाइका