प्रधानमन्त्री निवास वालुवाटारमा २०६३ असार २ गते अन्य दिनभन्दा छुट्टै चहल पहल र उत्सुकता थियो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दुई विद्रोही नेताको तिब्र प्रतिक्षमा बसेका थियो । जनआन्दोलन ०६२–०६३ को सफलतापछि विद्रोही माओवादीसँग शान्ति प्रक्रिया सुरु हुँदैथियो । शान्ति प्रक्रियाबारे छलफल गर्न तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा. बाबुराम भट्टराई काठमाडौं आउँदै थिए । दाहाल आफ्नो २५ वर्षे भूमिगत जीवनमा पहिलो पटक बालुवाटार छिर्दै थिए भने भट्टराई दोस्रो पटक ।