काठमाडाैं : वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेरभन्दा जुटेर बलियो हुने बताएका छन्। नेकपा डोटीले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको नेकपा कार्यकर्ता भेला तथा स्वागत कार्यक्रममा उनले प्रधानमन्त्री केपी ओलीलाई राजनेता भएको भन्दै पटक पटक उनको गुणगान गाएका थिए। केपी ओली सरकारले जनभावनाअनुसार नै काम गरेको उनले तर्क गरे। जनताको चाहना र अपेक्षानुसार नेकपा एक एकजुट भएर अघि बढ्न सक्नुपर्नेमा उनले जोड दिएका थिए। 'हामीले जन भावनाअनुसार काम