प्यालेस्टाइन—इजरायल द्वन्द्वको बीचमा टर्कीले डिजेलको मूल्य बढायो

इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच जारी द्वन्द्वका बीच टर्कीले डिजेलको मूल्य बढाएको छ।अक्टोबर ७ मा डिजेलको मूल्य २.९२ टर्किस लिरा (०.१० अमेरिकी डलर) ले घटाएको टर्की सरकारले यस पटक २.२३ (०.०८ डलर) ले मूल्य बढाएको हो। वृद्धिपछि टर्कीको सबैभन्दा ठूलो शहर इस्तानाबुलमा एक लिटर डिजेल इन्धनको लागत ३९.६१ लिरा (१.४२ डलर) छ। पेट्रोलको मूल्य प्रतिलिटर ३३.६४ लिरा (१.२१ डलर) रहेको छ।आगामी वर्षहरुमा तेलको मूल्य झनै बढ्नसक्ने बताइएको छ।

सम्बन्धित सामग्री

टर्कीले बढायो पेट्रोल, डिजेलको मूल्य

टर्कीले पेट्रोल र डिजेलको मूल्य क्रमशः ३.७६ र २.६९ प्रतिशतले बढाएको छ । प्रतिलिटर पेट्रोल र डिजेलको मूल्य क्रमशः ४२.०६ टर्किस लिरा (१.३१ अमेरिकी डलर) र ४१.८६ लिरामा सीमित गरिएको छ ।

जनतालाई मूल्यवृद्धिको भारी, आयल निगमलाई नाफाको भकारी

डेढ वर्षअघि रुस–युक्रेन युद्ध सुरु भएपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल ११९ डलरसम्म पुग्यो । त्यसबेला नेपालमा डिजेलको मूल्य ९१ बाट १९१ रुपैयाँ प्रतिलिटर पुर्‍याइयो । अहिले कच्चा तेल पुरानै तहमा झरेको छ । तर, आयल निगमले डिजेलको मूल्य ४१ रुपैयाँ मात्रै घटाएर १५० रुपैयाँ कायम गरेको छ ।

आयल निगमले बढायो डिजेलको मूल्य, अब कति पर्छ ?

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरि डिजेल र मट्टीतेलको मूल्य बढाएको हो।निगमले डिजेलको मूल्य प्रति लिटर ६ रुपैयाँले बढाएको हो । यस सँगै डिजेलको प्रति लिटर १७८ रुपैयाँ पुगेको छ । मट्टीतेलको मूल्य पनि ६ रुपैयाँले बढेर प्रति लिटर १७८ रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटेपनि पछिल्लो १५ दिन यता पेट्रोलियम पदार्थको मुल्य बढेकाले नेपालमा पनि त्यसको असर परेको निगमले जनाएको छ। डिजेल मट्टीतेलको मुल्य बढाएपनि निगमलाई अझैं मासिक ९६ करोड ४८ लाख रुपैयाँ घाटा लागिरहेको निगमको दाबि छ। निगमको यहि घाटालाई व्यवस्थापन तथा भुक्तानी गर्नलाई पनि निगमको आज बसेको संचालक समितिले डिजेल र मट्टीतेलमा प्रति लिटर ६ रुपैयाँले बढाउने निर्णय गरेको निगमले जनाएको छ। पेट्रोल, खाना पकाउने ग्यास, हवाई इन्धनको भने मूल्य बढेको छैन । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएकै दिन निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले आज १ तारिखमा पठाएको सूची अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ३९ पैसा र डिजल ६ रुपैयाँ १२ पैसा बढेर आएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर १ सय रुपैयाँ घटेर आएको छ । आईओसीले हरेक १५–१५ दिनमा आयल निगमलाई मूल्य सूची पठाउँछ । यस अघि भारतबाट ३ पटकसम्म मूल्य घटेर आएकोमा आयल निगमले घाटा नै रहेको भन्दै नेपालमा मूल्य घटाएको थिएन ।निगमले पेट्रोल लगायत अन्य पेट्रोलियम पदार्थको भने मूल्य बढाएको छैन । हाल नेपालमा पेट्रोल प्रति लिटर १८१ रुपैया, र खान पकाउने ग्यास प्रति सिलिन्डर १८०० रुपैयाँमा बिक्रि भईरहेको छ ।

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बिहीबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमकाअनुसार डिजेल र मट्टितेलको मूल्य बढेको छ ।डिजेलको मूल्य १७२ रुपैयाँबाट बढेर १७८ पुगेको छ भने मट्टितेलको मूल्य पनि १७८ रुपैयाँ पुगेको छ । मट्टितेलको मूल्य पनि यसअघि प्रतिलिटर १७२ रुपैयाँ थियो ।यो पटक पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँका दरले बढेको छ । पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

निगमले फेरि बढायो पेट्रोल-डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य बढाएको छ। सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल लिटरमा २ रुपैयाँ र डिजेल तथा मट्टितेल लिटरमा ९ रुपैयाँ र हवाइ इन्धन आन्तरिकमा पाँच रुपैयाँ बढाएको हो। हवाइ इन्धन आन्तरिकको मूल्य १९० रुपैयाँ लिटर पर्नेछ। एलपी ग्यासको भने मूल्य यथावत, एक […]

नेपालमा पेट्रोलियम पदार्थको मूल्य दक्षिण एशियाकै उच्च

काठमाडौं : आइतवार मध्यरातमा नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढायो। निगमले पेट्रोल एक लिटरमा हालसम्मकै बढी २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँले बढाएको हो। यो मूल्यवृद्धि सँगै अब पेट्रोलको मूल्य एक लिटरकै १९९ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको पनि १९२ रुपैयाँ पुगेको छ। युक्रेन र रसियाबिचको युद्धका…

सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढायो

सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ।  नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।  चुनावलगत्तै सरकारले एकैपटक उच्च मूल्यवृद्धि गरेको हो। योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छै ।मूल्य बढाएपछि पनि नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १४.३६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३१.४४ रुपैयाँ घाटा छ । &n

आयल निगमले पुनः बढायो पेट्रोलियम पदार्थको भाउ, कुनमा कति पुग्यो मूल्य?

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ पुनः बढाएको छ। असार ९ गतेमात्र निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको थियो। निगमले मंगलवार रातिबाट लागू हुनेगरि मूल्य समायोजन गरेको हो। निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो। आन्तरिक तर्फको हवाइ उडानमा पनि निगमले दुई रुपैयाँले बृद्धि…

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडाैं : पेट्रोलियम पदार्थको मूल्य फेरि बढाइएको छ।नेपाल आयल निगमले  पेट्रोल तथा डिजेल र मट्टीतेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरेको हो।मूल्य बढेपछि पेट्रोलको १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ कायम भएको छ। हवाई इन्धन आन्तरिक उडानमा प्रतिलिटर २ रुपैयाँले बढाई ८२ रुपैयाँ प्रतिलिटर पुर्‍याइएको छ। अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनमा पनि प्रतिकिलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर

आयल निगमले फेरि बढायो पेट्रोल र डिजेलको मूल्य

सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल–मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु दुईका दरले वृद्धि गरिएको निगमले जनाएको छ ।