मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रसुवामा तीनवटै सिट लोकतान्त्रिक गठबन्धनले जितेका छन् ।
शनिबार बिहान सबै मत गणना गरिसक्दा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका मोहन आचार्य, प्रदेशसभा क तर्फ नेपाली कांग्रेसका प्रभात लामा र प्रदेशसभा ख तर्फ नयाँ शक्ति पार्टीका प्रेम तामाङ विजयी भएका हुन् ।