नेपाली काँग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि राजधानीमा सुरु हुँदैछ । महाधिवेशनमा गण्डकी प्रदेशबाट ४८० महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । गण्डकी प्रदेश काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह प्रदेश हो भने सो प्रदेशको सभापतिमा पनि पौडेल पक्षले नै बाजी मारेको थियो । तुलनात्मक रुपमा सो प्रदेशबाट आउने महाधिवेशन प्रतिनिधिमा पनि पौडेल पक्षमै हावी रहेको बताइन्छ ।काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिहरुको प्रारम्भिक नामावलीअनुसार गोरखाबाट ५३, मनाङबाट २७, लमजुङबाट २८, कास्कीबाट ८०, त