काठमाडौँ। सांसद प्रदीप पौडेलले हवाई क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्। आइतबारको संसद बैठकको शून्य समयमा बोल्दै सांसद् पौडेलले सो कुरा बताएका हुन्।
सांसद पौडेलले हवाई सुरक्षाको विषयलाई प्रत्येक देशले उच्च प्राथमिकताका साथ लिएपनि नेपालले गम्भिरतापूर्वक नलिएको बताए।