सर्वोच्चका न्यायाधीश सिन्हा बुधवारदेखि अनिवार्य अवकाशमा, सात न्यायाधीशको पद रिक्त

काठमाडौं । सर्वोच्च अदालतमा तेस्रो वरियतामा रहेका न्यायाधीश अनिलकुमार सिन्हा मङ्गलवारदेखि अनिवार्य अवकाशमा गएका छन् । उमेर हदका कारण अनिवार्य अवकाशमा गएका न्यायाधीश सिन्हालाई सर्वोच्च अदालतले एक औपचारिक कार्यक्रम गर्दै मङ्गलवार बिदाइ गरेको छ । अदालतमा आयोजित औपचारिक कार्यक्रममा सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश ईश्वरप्रसाद खतिवडाले अनिवार्य अवकाशमा गएका सिन्हालाई बिदाइ गरेका छन् । […]

सम्बन्धित सामग्री