नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताको आवश्यकता र चाहनाअनुसार नेतृत्व विकास हुनुपर्ने बताएका छन् । ‘आन्दोलनले लाखौँ, करोडौँ जनताको आवश्यकता र चाहनाले नेतृत्व विकास हुने कुरा हो’, प्रचण्डको भनाइ छ । नेतृत्वमा रहिरहने आफ्नो व्यक्तिगत कुरा नभएको प्रचण्डले बताए ।‘यो राष्ट्रको सर्वोत्तम हितको निम्ति जनताको विकास, समृद्धि र मुक्तिको निम्ति मैले अन्तिम समयसम्म लड्छु भनेर मात्रै मलाई सबै साथीहरुले तपाई बस्नुपर्छ भनेर पो बरु म बसिराखेको छु’, न्युज एजेन्सी नेपालसँगको अन्त