धनगढीमा २५ करोड बढी लागतमा निर्माणाधीन प्रदेशकै ठूलो सभाहल गुणस्तरहीन

कैलालीको धनगढीमा निर्माणाधीन सुदूरपश्चिम प्रदेशकै ठूलो सभाहल गुणस्तरहीन बनिरहेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले आफ्नो ५८औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सभाहल गुणस्तरहीन बन्न लागेको औंल्याएको हो । २०७८ असार ९ गते निर्माण सम्पन्न गर्ने गरी २५ करोड २६ लाख ८८ हजार रुपैयाँमा सम्झौता भई आव २०७६/२०७७ सम्ममा १३ करोड ८२ लाख ६२ हजार भुक्तानी गरिएको छ । प्रतिवेदनमा उल्लेख छ, ‘निर्मित संरचनामध्ये प्लास्टर गर्न बाँकी उत्तरतर्फको बिम र पिलरको सर्फेस रेगुलर नदेखिएको, पर्याप्त कम्प्याक्सन नपुगी हनी कम्ब देखिएको र पर्य...

सम्बन्धित सामग्री

कमिसनको लोभले सभाहल निर्माणमै १३ अर्ब २६ करोड स्वाहा!

काठमाडौं, साउन १२ । सरकारले विभिन्न समयमा कमिसनको लोभले अर्बौं खर्चेर सभाहल बनाउँदै आएको छ । सात प्रदेशमा मात्रै गत वर्ष सभाहल निर्माणमा १३ अर्ब २५ करोड ७१ लाख विनियोजन गरिएको थियो । जबकि, कतिपय अनावश्यक ठाउँमा समेत धमाधम सभाहल बनिरहेका छन् । सात प्रदेशमा ४१ सभाहल निर्माण योजना रहेकामा सात सभाहल सम्पन्न भएको सहरी […]

प्रदेशमा सभाहल निर्माणमै १३ अर्ब २६ करोड

काठमाडौं । सरकारले विभिन्न समयमा कमिसनको लोभले अर्बौं खर्चेर सभाहल बनाउँदै आएको छ । सात प्रदेशमा मात्रै गत वर्ष सभाहल निर्माणमा १३ अर्ब २५ करोड ७१ लाख विनियोजन गरिएको थियो । जबकि, कतिपय अनावश्यक ठाउँमा समेत धमाधम सभाहल बनिरहेका छन् । सात प्रदेशमा ४१ सभाहल निर्माण योजना रहेकामा सात सभाहल सम्पन्न भएको सहरी विकास मन्त्रालयले […]

विराटनगर महानगरपालिका : नयाँ भवन निर्माण तथा पुराना मर्मत कार्य शुरू

विराटनगर । विराटनगर महानगरपालिकाले यो वर्ष नयाँ भवन निर्माण र पुराना भवनको मर्मत तथा सुधारको काम शुरू गरेको छ । पुराना भवनको मर्मतका लागि मात्रै महानगरले ४६ करोड खर्च गने भएको छ । अहिले सञ्चालनमा रहेको महानगरको प्रशासनिक भवन पुरानो, कार्यसम्पादनका दृष्टिले अनुपयुक्त र साँघुरो भएको भन्दै महानगरले नयाँ प्रशासनिक भवन बनाउने प्रक्रिया आरम्भ गरेको छ । अहिले सञ्चालनमा रहेको भवनको मर्मत तथा सौन्दर्यीकरण गर्ने र वीरेन्द्र सभागृहको पुनःसंरचना गर्ने कामलाई समेत निरन्तरता दिने महानगरले बताएको छ । महानगरपालिकाले अहिले सञ्चालनमा रहेको प्रशासनिक भवन जिल्ला प्रशासन कार्यालयसँगै रहेको अतिथिगृहको ५ कट्ठा जमीनमा सार्ने तयारी गरेको छ । नयाँ प्रशासनिक भवन बनाउन संघीय सरकारले चालू आवमा खर्च गर्नेगरी १० करोड ३८ लाख रुपैयाँ निकासा पठाइसकेको महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले जानकारी दिए । महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र महाशाखा प्रमुखहरूको कार्यकक्ष, सभाहल तथा बैठक कक्षसहितको पाँचतले मुख्य प्रशासनिक भवन आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुनेगरी ठेक्का लगाउने तयारी महानगरले गरेको छ । २५ करोड रुपैयाँको लागतमा निर्माण हुने नयाँ प्रशासनिक भवनका विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र चालू आवमै निर्माण आरम्भ हुने थापाले बताए । महानगरपालिकाले वर्तमान प्रशासनिक भवनको अग्रभागको पुनर्निर्माण र सौन्दर्यीकरणको काम पनि आरम्भ गरेको छ । पुरानो जीर्ण अवस्थाको भवन भत्काएर दुईओटा कोठा निर्माणसहित सौन्दर्यीकरणको काम गर्न महानगरले आन्तरिक स्रोतबाट १ करोड १३ लाख रुपैयाँमा ठेक्का लगाएको हो । अहिले पुरानो भवन भत्काउने कार्य जारी रहेको बताइएको छ । त्यस ठाउँमा सुरक्षाकर्मीका लागि आवश्यक कार्यकक्ष निर्माणका साथै भवनको मुखाकृतिको सौन्दर्यीकरण गर्ने र पार्किङस्थल तथा वाटर फाउन्टेनलाई व्यवस्थित गर्ने योजना रहेको महानगरले जानकारी दिएको छ । महानगरपालिकाले वीरेन्द्र सभागृहको पुनःसंरचनाको कामलाई यो वर्ष तीव्रता दिने बताएको छ । सभागृहको मुखाकृतिमा खास परिवर्तन नगरी पछडि पूर्वपट्टि तीनओटा नयाँ भवन निर्माण गरिँदै छ । तीनमध्ये दुइओटा तीनतले र एउटा एकतले भवन निर्माण हुने इन्जिनियर थापाले जानकारी दिए । तीन भवनमध्ये एउटा भवन स्टेज कार्यक्रम गर्दा आवश्यक सामग्री राख्ने स्टोरको रूपमा प्रयोग हुनेछ भने अर्को विशिष्ट कक्ष तथा मिटिङ कक्षको रूपमा व्यवस्थापन गरिनेछ । तेस्रो भवन ‘रेष्ट रूम’को रूपमा प्रयोग गर्नेगरी निर्माणाधीन छ । सभागृहलाई आधुनिक र सुविधासम्पन्न बनाउन महानगरले २० करोड रुपैयाँमा ठेक्का लगाएको हो । त्यसका लागि प्रदेश सरकारले गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ बजेट दिएको थियो भने चालू आवमा पनि केही रकम दिएको महानगरले बताएको छ । प्रदेश सरकारले दिएको बजेटमा अपुग हुने रकम नगर विकास कोष र महानगरपालिकाले आधाआधा बेहोर्नेगरी योजना सम्झौता भएको छ ।