विराटनगर महानगरपालिका : नयाँ भवन निर्माण तथा पुराना मर्मत कार्य शुरू

विराटनगर । विराटनगर महानगरपालिकाले यो वर्ष नयाँ भवन निर्माण र पुराना भवनको मर्मत तथा सुधारको काम शुरू गरेको छ । पुराना भवनको मर्मतका लागि मात्रै महानगरले ४६ करोड खर्च गने भएको छ । अहिले सञ्चालनमा रहेको महानगरको प्रशासनिक भवन पुरानो, कार्यसम्पादनका दृष्टिले अनुपयुक्त र साँघुरो भएको भन्दै महानगरले नयाँ प्रशासनिक भवन बनाउने प्रक्रिया आरम्भ गरेको छ । अहिले सञ्चालनमा रहेको भवनको मर्मत तथा सौन्दर्यीकरण गर्ने र वीरेन्द्र सभागृहको पुनःसंरचना गर्ने कामलाई समेत निरन्तरता दिने महानगरले बताएको छ । महानगरपालिकाले अहिले सञ्चालनमा रहेको प्रशासनिक भवन जिल्ला प्रशासन कार्यालयसँगै रहेको अतिथिगृहको ५ कट्ठा जमीनमा सार्ने तयारी गरेको छ । नयाँ प्रशासनिक भवन बनाउन संघीय सरकारले चालू आवमा खर्च गर्नेगरी १० करोड ३८ लाख रुपैयाँ निकासा पठाइसकेको महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले जानकारी दिए । महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र महाशाखा प्रमुखहरूको कार्यकक्ष, सभाहल तथा बैठक कक्षसहितको पाँचतले मुख्य प्रशासनिक भवन आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुनेगरी ठेक्का लगाउने तयारी महानगरले गरेको छ । २५ करोड रुपैयाँको लागतमा निर्माण हुने नयाँ प्रशासनिक भवनका विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र चालू आवमै निर्माण आरम्भ हुने थापाले बताए । महानगरपालिकाले वर्तमान प्रशासनिक भवनको अग्रभागको पुनर्निर्माण र सौन्दर्यीकरणको काम पनि आरम्भ गरेको छ । पुरानो जीर्ण अवस्थाको भवन भत्काएर दुईओटा कोठा निर्माणसहित सौन्दर्यीकरणको काम गर्न महानगरले आन्तरिक स्रोतबाट १ करोड १३ लाख रुपैयाँमा ठेक्का लगाएको हो । अहिले पुरानो भवन भत्काउने कार्य जारी रहेको बताइएको छ । त्यस ठाउँमा सुरक्षाकर्मीका लागि आवश्यक कार्यकक्ष निर्माणका साथै भवनको मुखाकृतिको सौन्दर्यीकरण गर्ने र पार्किङस्थल तथा वाटर फाउन्टेनलाई व्यवस्थित गर्ने योजना रहेको महानगरले जानकारी दिएको छ । महानगरपालिकाले वीरेन्द्र सभागृहको पुनःसंरचनाको कामलाई यो वर्ष तीव्रता दिने बताएको छ । सभागृहको मुखाकृतिमा खास परिवर्तन नगरी पछडि पूर्वपट्टि तीनओटा नयाँ भवन निर्माण गरिँदै छ । तीनमध्ये दुइओटा तीनतले र एउटा एकतले भवन निर्माण हुने इन्जिनियर थापाले जानकारी दिए । तीन भवनमध्ये एउटा भवन स्टेज कार्यक्रम गर्दा आवश्यक सामग्री राख्ने स्टोरको रूपमा प्रयोग हुनेछ भने अर्को विशिष्ट कक्ष तथा मिटिङ कक्षको रूपमा व्यवस्थापन गरिनेछ । तेस्रो भवन ‘रेष्ट रूम’को रूपमा प्रयोग गर्नेगरी निर्माणाधीन छ । सभागृहलाई आधुनिक र सुविधासम्पन्न बनाउन महानगरले २० करोड रुपैयाँमा ठेक्का लगाएको हो । त्यसका लागि प्रदेश सरकारले गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ बजेट दिएको थियो भने चालू आवमा पनि केही रकम दिएको महानगरले बताएको छ । प्रदेश सरकारले दिएको बजेटमा अपुग हुने रकम नगर विकास कोष र महानगरपालिकाले आधाआधा बेहोर्नेगरी योजना सम्झौता भएको छ ।

सम्बन्धित सामग्री

विद्यालयलाई भूकम्पप्रतिरोधी भवन निर्माण

सिमकोट – सिमकोट गाउँपालिका– ७ को चौगानफयाको कर्णाली माध्यमिक विद्यालयमा पहिलो पटक भूकम्पप्रतिरोधी भवन निर्माण भएको छ। विद्यालयमा भएका पुराना भवन जीर्ण र साँघुरा भएपछि आधार विकास नेपालको आर्थिक सहयोगमा उक्त भवन निर्माण भएर सञ्चालनमा आएको हो। प्रधानाध्यापक रामराज शाहीका अनुसार नयाँ र भूकम्पप्रतिरोधी भवन निर्माण भई सञ्चालनमा आएको हो। नयाँ पाँच कोठे भवन निर्माण […]

अस्पताल भवन निर्माण अधुरै

गोदावरी, ५ साउन । सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण अलपत्र परेको छ । निर्माण कम्पनीको लापरबाहीका कारण अस्पताल भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भइरहेको हो । विसं २०७४ कात्तिक २७ गते रु २१ करोडको लागतमा दुईतले नवजात र मातृशिशु विस्तारित भवन निर्माण गर्न काठमाडौँको रवीना थेगिम जेभीले अस्पतालसँग ठेक्का सम्झौता गरेको थियो […]

बसपार्कमा टर्मिनल भवन निर्माण

काठमाडौँ, २० चैत । म्याग्दी सदरमुकाम बेनीस्थित कालीपुल बसपार्कमा टर्मिनल भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले बेनी नगरपालिका–८ मा रहेको कालीपुल बसपार्कलाई व्यवस्थितरुपमा सञ्चालनका लागि गुरुयोजनाअनुसार टर्मिनल भवन निर्माण सम्पन्न गरेको हो । देशका विभिन्न ठाउँका लागि छुट्ने र म्याग्दी आउने सवारी साधनलाई बिसौनीको रुपमा प्रयोग हुँदै आएको कालीपुलमा […]

अस्पताल भवन निर्माण अधुरै

काठमाडौँ,२२ मँसिर । पचास शय्या विस्तारसँगै संरचना अभाव भएपछि छ वर्षअघि मेहलकुना अस्पतालको नयाँ भवन निर्माण सुरु गरिएको थियो । तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण सुरु गरिएको थियो । पचास शय्या क्षमतामा स्तरोन्नतिसहित निर्माणाधीन मेहलकुना अस्पतालको भवन निर्माणका लागि निर्माण […]

मेहलकुना अस्पतालको भवन निर्माण अधुरै

तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण सुरु गरिएको थियो।

रघुगङ्गामा स्वास्थ्य चौकीको भवन निर्माण

सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले सुविधा सम्पन्न भवन निर्माण गरेपछि साँघुरा कोठा भएका जीर्ण भवनबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेको छ।

समय अगावै भवन निर्माण

थोडुङ/एचटीसी/वसना जेभी वीरेन्द्रनगर सुर्खेतले निर्माण सम्झौताको १५ दिनअगावै उक्त भवन निर्माण सम्पन्न गरेर बुधबार उद्घाटन समेत भएको छ।...

रघुगङ्गाको भवन निर्माण

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका कार्यालयको भवन निर्माण गरिएको छ । गाउँपालिकाले मौवाफाँटमा भवन निर्माण गरी सेवा प्रवाह गर्न थालेको छ । चौध कोठाको दुईतले भवनबाट सेवा प्रभाव गर्न सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । एक करोड ६८ लाखको लागतमा भवन निर्माण गरिएको हो । भवन निर्माण गर्न गण्डकी प्रदेश सरकारले […]

रामपुरमा स्वास्थ्यचौकी भवन निर्माण

रामपुर । रामपुर नगरपालिका ८ कुमराङ्गमा खालिवन स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ । रामपुर नगरपालिका र जापनिज नागरिक काजुमासा काकिमी (ओके बाजे) को सहयोगमा निर्माण भएको भवनको शुक्रबार उट्घाटन गरी सञ्चालनमा ल्याइएको छ । रामपुर नगरपालिकाको १४ लाख र ओकेबाजेको १० लाख सहयोगमा भवन निर्माण गरिएको छ । यस स्वास्थ्यचौकीको भवन निर्माण गर्न स्थानीयले […]

तामाकोसी पाँचौको भवन निर्माण सुरु

तामाकोसी पाँचौ जलविद्युत् आयोजनाका लागि भवन निर्माण सुरु भएको छ । आयोजनाको प्रवद्र्धक तामाकोसी जलविद्युत् कम्पनी लिमिटडले आयोजनाका लागि स्थायी रूपमा कार्यालय र आवास प्रयोजनका लागि भवन निर्माण थालेको हो ।आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनको तयारी भइरहेको बेला चालू आर्थिक वर्षका लागि नेपाल सरकारको अनुदानबाट कम्पनीले भवन निर्माण थालेको हो । विगू गाउँपालिका–३ जामुनेमा भवन […]