अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षा फौजले गरेको कारबाहीमा २१ जना तालिवान लडाकु मारिएका छन्। भने अन्य १३ जना घाइते भएका छन्।तालिवान लडाकु लुकेर बुसेको इलाकालाई लक्ष्यगरी गरिएको यस सैनिक कारबाहीलाई सघाउन अफगान हवाई बलले पनि मद्दत गरेको सेनाले जनाएको छ।सेनाका अनुसार कान्दाहारको आर्घान्दाब र झारी जिल्लालाई लक्ष्यगरी सो कारबाही भएको थियो। कारबाहीको क्रममा सेनाले विद्रोही तालिवानले योजना गरेको बारुदी सुरुङ र विस्फोट पदार्थ गरी २२ ओटा निष्क्रिय बनाउनुका साथै अन्य हातहतियारसमेत बराम