एजेन्सी । अफगानिस्तानको दक्षिण भागमा पर्ने दुई ओटा प्रान्तमा अफगान सुरक्षा अधिकारीहरुले आइतबार जारी गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २४ तालिबान लडाकू मारिएका सैनिक स्रोतले सोमबार बिहान जानकारी दिएको छ । यस कारबाहीमा परी अन्य १३ लडाकू घाइते भएका पनि उक्त स्रोतले जनाएको छ । उरुज्गान प्रान्तमा ११ तालिवान लडाकु मारिनुको साथै अन्य आठ घाइते भएका छन् भने छिमेकमा पर्ने अर्को प्रान्त कान्दाहारमा १३ जना मारिनुको साथै अन्य पाँच घाइते भएका पनि उक्त श्रोतले थप जानकारी दिएको छ । अफगान सुरक