काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको भवन संरचना निर्माणको जिम्मा स्थानीय तहलाई दिने तयारी गरेको छ।यो वर्षको बजेटबाट भवन निर्माण र प्रबलीकरणको जिम्मा स्थानीय तहलाई दिन लागिएको शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता डिल्लीराम लुइँटेलले जानकारी दिए।उनले बजेटमात्र केन्द्रले दिने र विद्यालय भवन संरचना निर्माण भने स्थानीय तहबाटै गरिने बताए। ‘पढ्दै कमाउँदै कार्यक्रम भने यही केन्द्रबाट सञ्चालन हुन्छ तर, यो