ओखलढुङ्गा – ओखलढुङ्गाका ७५ सामुदायिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागू गरिने भएको छ । त्यसका लागि सबै पालिकाबाट विद्यालय छनोटको काम सकिएको छ । जिल्लाबाट आठ पालिकाका ७५ विद्यालय छानिएका हुन् ।
यसमा विभिन्न ६ किसिमका कार्यक्रम तयार गरिएको छ । १८ लाख रुपैयाँ बराबरको कक्षा कोठा निर्माणका लागि १२ विद्यालय, सात लाख रुपैयाँ बराबरको खानेपानी र शौचालय निमार्णका लागि दुई विद्यालय छानिएका छन् । त्यस्तै ६ लाख ५० हजार रुपैयाँ बराबरको कम्प्युटर ल्याबका लागि १० र पुस्तकालय तथा प्रयोगशाला निर्माणका लागि सा...