नेकपा एमालेको दशौं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि आइतवार राति साढे १२ बजेसम्मको लागि तोकिएको उम्मेदवारी मनोनयनको कार्यक्रम भोलि बिहान ९ बजेसम्मका लागि स्थगित गरिएको छ ।
अध्यक्ष मण्डलको सुझावको आधारमा भोलि बिहानसम्मको लागि स्थगित गरिएको एमालेको निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए ।
सहमतिमा नेतृत्व चयन गर्ने प्रक्रियामा सहमति जुट्न नसकेपछि एमाले महाधिवेशनमा केही पदमा मतदान हुने भएको हो ।
भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने भन्दै दरखास्त फाराम लिइसकेका छन् । यता बिहान १० ब...