८४ सञ्चार माध्यममा निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री भेटिए

काठमाडौं – ८४ वटा सञ्चार माध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको प्रेस काउन्सिल नेपालको जनाएको छ । आचारसंहिता विशेष अनुगमनका क्रममा कात्तिक २९ गतेसम्म १५ वटा छापा माध्यम, ५ वटा टेलिभिजन, २० वटा रेडियो, ४४ वटा अनलाइन गरी ८४ वटा सञ्चार माध्यम र ५ वटा वेबपोर्टलबाट आचारसंहिता विपरितका सामग्री सम्प्रेषण भएको […]

सम्बन्धित सामग्री

८४ वटा सञ्चार माध्यममा आचारसंहिता प्रतिकूल सामग्री

काठमाडौं। आसन्न निर्वाचन लक्षित गरी प्रेस काउन्सिल नेपालले गरेकोे आचारसंहिता विशेष अनुगमनमा ८४ वटा सञ्चार माध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको पाइएको छ । काउन्सिलले मंगलबार एक विज्ञप्ति जारी गर्दै कात्तिक २९ गतेदेखि मंगलबार बेलुका ५ बजेसम्मको सङ्ख्यात्मक विवरणअनुसार अनुगमन र उजुरीको दायरामा रहेकामध्ये ८४ सञ्चार माध्यममा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण […]

८४ सञ्चार माध्यममा आचारसंहिता प्रतिकूल समाचार सामग्री : प्रेस काउन्सिल

काठमाडौँ- प्रेस काउन्सिल नेपालको आचारसंहिता विशेष अनुगमनका क्रममा ८४ वटा सञ्चार माध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको पाइएको छ । कात्तिक २९ गते बेलुका ५ बजेसम्मको सङ्ख्यात्मक विवरणअनुसार अनुगमनको दायरामा रहेकामध्ये १५ वटा छापा माध्यम, ५ वटा टेलिभिजन, २० वटा रेडियो, ४४ वटा अनलाइन गरी ८४ वटा सञ्चार माध्यम र ५ […]

मौन अवधिको पहिलो दिनः २७ सञ्चार माध्यमलाई कारबाही, २५ पत्रकारलाई ध्यानाकर्षण

काठमाडौँ- प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचनको मौन अवधिको पहिलो दिन २७ सञ्चार माध्यमलाई कारबाही गरेको छ । काउन्सिलले निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेका ती सञ्चार माध्यमलाई क्षमायाचनासहित भुलसुधार गर्न निर्देशन दिएको हो । कारबाही गरिएकामध्ये मूलधारका १७ सञ्चार माध्यममले तत्काल क्षमायाचनासहित सम्प्रेषित सामग्री सच्याएका छन् । यस्तै मौन अवधिको २४ घण्टाभित्रै काउन्सिलले २५ […]

आचारसंहिता उल्लङ्घन गर्ने ३५ सञ्चार माध्यम र ४ वेबपोर्टलाई काउन्सिलको कारबाही

प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यमलाई कारबाही गरेको छ । साथै दर्ता नभएका ४ वेब पोर्टललाई मुलुकभित्र सम्प्रेषण हुन नसक्ने बनाएको छ । सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई गराइँदै आएको उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ । निर्वाचन आचारसंहिता लागु भएपश्चात् काउन्सिलले देशभरका सञ्चार माध्यमहरूबाट आचारसंहिता

३५ ओटा सञ्चार माध्यम र ४ ओटा वेबपोर्टललाई प्रेस काउन्सिलले गर्‍यो कारबाही

वैशाख  १४, काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ ओटा सञ्चार माध्यमलाई कारवाही गरेको छ । साथै काउन्सिलले दर्ता नभएका चार ओटा वेबपोर्टललाई मुलुकभित्र सम्प्रेषण हुन नसक्ने बनाएको छ ।  सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई गराउँदै आएको उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराद्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ ।  निर्वाचन आचारसंहिता लागू भएपश्चात् काउन्सिलले देशभरका सञ्चार माध्यमहरूबाट आचारसंहिता पालना भए/ नभएको विषयमा अनुगमन गरिरहेको बताएको छ । २०७८ चैत २६ गतेदेखि हालसम्म आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ ओटा सञ्चार माध्यममध्ये चार ओटालाई २४ घण्टे स्पष्टीकरण माग गरिएकोमा दुई ओटा सञ्चार माध्यमबाट पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकोले प्रथम पृष्ठमा क्षमायाचना प्रकाशन गर्न निर्देशन दिइएकोमा सोहीअनुसार प्रकाशन भएको पनि काउन्सिलले बताएको छ । काउन्सिलका अनुसाार दुई ओटाले आगामीदिनमा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्ने र सजग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।  यसैगरी छ ओटा पत्रपत्रिका, तीन ओटा रेडियो, पाँच ओटा टेलिभिजन र १४ ओटा अनलाइन गरी २८ ओटालाई निर्देशन दिइएको र दुई ओटा अनलाइनबाट निर्देशनपछि पनि प्रतिकूल सामग्री पुनः सम्प्रेषण भएको देखिएकोले सचेत गराइएको छ । त्यस्तै चार ओटा सञ्चार माध्यमलाई ध्यानाकर्षण गराइएको छ ।           दल तथा उम्मेदवारका बारेमा सूचना तथा समाचार सम्प्रेषण गर्दा विशेष ध्यान पुयाउनु सञ्चार माध्यमको कर्तव्य भएकाले गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू सम्प्रेषण हुन नदिन, कसैको पक्ष वा विपक्ष हुने गरी र राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पुर्‍याउने गरी सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सजग रहन पनि विज्ञप्तिमा भनिएको छ ।

३५ सञ्चारमाध्यममाथि काउन्सिलको कारबाही

प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यमलाई कारवाही गरेको छ । साथै दर्ता नभएका ४ वेबपोर्टललाई मुलुकभित्र सम्प्रेषण हुन नसक्ने बनाएको छ । सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई गराइँदै आएको उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराद्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ । निर्वाचन आचारसंहिता लागु भएपश्चात् काउन्सिलले देशभरका सञ्चार माध