काठमाडौं। नेपाली कांग्रेसले नवीकरण र नयाँ क्रियाशील सदस्यताको ‘इन्ट्री’ वैशाख १५ गतेभित्र गर्न आग्रह गरेको छ। वैशाख १५ गते राती १२ बजे कम्प्युटर सफ्टवेयरमा ‘इन्ट्री’ प्रणाली स्वतः बन्द गरिने कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सफ्ट्वेयरमा ‘इन्ट्री’ भएका क्रियाशील सदस्यता नामावली सरोकारवालाको जानकारीका लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको वेवसाइटमा सार्वजनिक गर्ने जनाइएको छ।