पर्यटकीय गन्तव्य दूधपोखरीमा जनैपूर्णिमाको अवसरमा नुहाउन आउने भक्तजनको घुइँचो लागेको छ । दूधपोखरीमा नुहाएर पुण्य कमाउने र मोक्ष प्राप्त हुने विश्वासका साथ सयौँ तीर्थयात्रीहरू दूधपोखरी कुण्ड नुहाउन पुगेका हुन् ।दुधपोखरी गाउँपालिकामा पर्ने धार्मिक तथा पर्यटकीय महत्त्वको दूधपोखरी समुद्री सतहदेखि ४ हजार ३ सय मिटरको उचाइमा छ । मनास्लु र हिमालचुली हिमालको काखमा रहेको यो धार्मिक स्थलमा हरेक वर्ष जनैपूर्णिमामा भक्तजनहरूको घुइँचो लाग्ने गर्छ ।हिमालको काखमा तीन चार दिनको कठिन यात्रापछि पुग्न सकिने दूध