काठमाडौँ–निर्वाचन आयोगले आगामी वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदानको सम्भावनाबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार स्थानीय तह सदस्य निर्वाचनमा विद्युतीय मतदानको सम्भाव्यताका सम्बन्धमा विज्ञहरुसँग छलफल तथा परामर्श, अध्ययन गरी सात दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव दिनेश दत्तको […]