बारा : पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्ने उद्देश्यले संचालनमा ल्याइएको मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइनको तीन वर्ष पूरा हुँदा नेपाल आयल निगमले पाँच अर्ब बचत गरेको छ।अमलेखगञ्जस्थित आयल निगमको प्रादेशिक कार्यालयले पाइपलाइनको तीन वर्ष सफल भएको अवसरमा आयोजना गरेको कार्यक्रममा पाँच अर्ब बचत गरेको बताएको हो।प्रादेशिक कार्यालयका प्रमुख प्रदीप यादवले सहज र सुलभ तवरले पेट्रोलियम पदार्थ आपूर्ति गर्ने उद्देश्यमा पाइपलाइन सफल देखिएको बताए। ट्यांकरबाट इन्धन आयात गर्दा बाटोमै चुहावट हु