काठमाडौं : नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले अध्यक्ष केपी शर्मा ओलीलाई बनाएको प्रतिवेदन बुझाइएको छ।नेता माधव नेपालतर्फका कार्यदल संयोजक भीम रावलले बालुवाटारमा पुगेर अध्यक्ष केपी ओलीलाई प्रतिवेदन बुझाएका हुन्। कार्यदलले गएराति १० बुँदे सहमतिको खाका तयार पारेको थियो।रावल प्रतिवेदन बुझाएर बालुवाटारबाट फर्किएका छन्। प्रतिवेदन यथाशीघ्र कार्यान्वयन गरेर पार्टीको एकतालाई सुदृढ बनाउने दिशातर्फ लैजान आफूले अध्यक्ष ओलीलाई आग्रह गरेको रावलले बताए। बालुवाटारमा ओली पक्षीय स्थायी क