नेकपा (एमाले) केन्द्रीय निर्वाचन विभागले वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षात्मक प्रतिवेदन तयार पारेर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको विभागको बैठकले समिक्षात्मक प्रतिवेदन तयार पारेर अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउने निर्णय गरेको हो । पार्टी महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको बैठकले मंगलबारभित्र प्रतिवेदन तयार पारेर अध्यक्ष ओलीलाई बुझाउने निर्णय गरेको निर्वाचन विभाग उपप्रमुख समेत रहेका नेता निरज आचार्यले