मलाई राम्ररी थाहा छ मनभित्र भएको श्रद्धा, माया, ममता, स्नेह आदि कुराको मूल्यांकन गर्न कसैले सक्दैनन्। मैले चिच्याएर रोएको मात्र देख्ने आँखाहरुले मेरो मनभित्र भएको आमाप्रतिको माया, आमा गुमाउनु पर्दाको पीडा र त्यो पीडाले दिने चोट साथै अब बुवाले बिताउनु पर्ने एक्लोपन देख्न सक्दैनन्।