कालिका पावर कम्पनीले बोलायो साधारण सभा, १५.७८ % लाभांश प्रस्ताव पारित हुँदै

पुस ९, काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ ।  कम्पनीले सभा भरतपुर - १० चितवनमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल १५ दशमलव ७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १९ गतेदेखि २१ गते सम्म बन्द गर्ने जानकारी दिएको छ । यस आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन  र लाभांश पाउनेछन् ।  कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।  

सम्बन्धित सामग्री

१३ ओटा हाइड्रोपावर कम्पनीले प्रस्ताव गरे लाभांश, सबैभन्दा बढी ङादी ग्रुप पावरको

पुस ११, काठमाडौं । नेप्सेमा सूचीकृत ४६ ओटा हाइड्रोपावर कम्पनीमध्ये १३ ओटा कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।  १३ ओटै कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । लाभांश प्रस्ताव गरेका १३ ओटा कम्पनी मध्ये ९ ओटा कम्पनीले लाभांश पारित समेत गरिसकेका छन् । अपि पावर कम्पनी, अरुण काबेली पावर, ङादी ग्रुप पावर, रुरु जलविद्युत् परियोजना, अरुण भ्याली हाइड्रोपावर, रिडी हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर, सिनर्जी पावर कम्पनी र रैराङ हाइड्रोपावर कम्पनीले साधारण सभाबाट लाभांश पारित गरेका छन् ।  जसमध्ये ङादी ग्रुप पावर, अपि पावर कम्पनी, सिनर्जी पावर कम्पनी र अरुण काबेली पावर कम्पनीले बोनस शेयर सूचीकृत गराइसकेका छन् भने बाँकी कम्पनीको सूचीकरण प्रक्रियामा रहेको छ ।  त्यसैगरी लाभांश प्रस्ताव गरेका बाँकी ६ ओटा कम्पनी मध्ये चिलिमे हाइड्रोपावर कम्पनीले पुस २३ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय कपनमार्गमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ । सभाले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस १५ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । त्यसैगरी बुटवल पावर कम्पनीले पुस २६ गते साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वरमा गर्ने जानकारी दिएको छ । सभाले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ११ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यस आधारमा पुस ९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी नेपाल हाइड्रो डेभलोपरले लाभांश पारीतका लागि पुस २८ गते साधारण सभा आयोजना गरेको छ । सभा डिल्ली बजार स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजे शुरु गर्ने जानकारी गराएको छ । सभाले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १३ गतेबाट २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कालिका पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय भरतपुर १० चितवनमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ ।  सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल १५ दशमलव ७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १९ गतेदेखि २१ गतेसम्म बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन  र लाभांश पाउनेछन् ।                                                             स्रोत : कम्पनीद्वारा प्रकाशित नोटिस