नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु १ नम्बर प्रदेश कमिटीले स्थानीय तह निर्वाचनको माग गर्दै विराटनगरमा बुधवार सडक बहस गरेको छ ।
कार्यक्रममा १ नम्बर प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले सरकारले संविधानको बर्खिलाप हुने गरी निर्णय गर्न नसक्ने बताए ।
संविधानले १ दिन पनि जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेको उनले बताए । सरकारको भजन गाउने कानून व्यवसायीलाई बोलाएर संविधानको छिद्र खोज्ने काम गरिरहेको आरोप उनले लगाए ।
अर्थशास्त्री प्रा.डा. अर्जुन बरालले संविधानको व्यवस्थाअनुसार तत्...