बाबु-आमाको हेरचाह नगर्ने सन्तानले पैतृक सम्पत्ति नपाउने

साउन ४ गते बुधबार संघीय संसदबाट पारित भएको कानुन अनुसार अब वृद्ध बाबुआमाको पालनपोषण नगर्ने सन्तानले बाबुआमाको सम्पत्ति पनि पाउने छैनन् र सम्पत्ति पनि जफ्त गरिनेछ । सरकारले ज्येष्ठ नागरिकको हक, अधिकार संरक्षण र पालनपोषण सुनिश्चित गर्न राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ …

सम्बन्धित सामग्री

बाबुआमाको हेरचाह नगर्ने छोराछोरीको सम्पत्ति खोसिने

ज्येष्ठ नागरिकप्रति सन्तानको दायित्व बाध्यकारी हुने गरी संघीय संसदले कानुन बनाएको छ। राष्ट्रिय सभाबाट पारित भएको ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयकलाई बुधबार प्रतिनिधिसभाले पनि सर्वसम्मत रुपमा पारित गरेको हो। वृद्धवृद्धाले जीवनयापनमा समस्या आए सम्बन्धित स्थानीय तहमा उजुरी गर्न सक्ने, उजुरीका आधारमा स्थानीय तहले हकवालाको हैसियतअनुसार रकम असुल गरी ज्येष्ठ नागरिकलाई दिनुपर्ने गरी कानुन निर्माण […]

बाबुआमाको हेरचाह नगरे सम्पत्ति नपाइने

नेपाल सरकारले बाबु आमाको हेरचाह नगर्ने सन्तानले सम्पत्ति नपाउने व्यवस्था लागु गर्ने भएको छ ।

बाबुआमाको हेरचाह नगरे सम्पत्ति नपाइने

नेपाल सरकारले बाबु आमाको हेरचाह नगर्ने सन्तानले सम्पत्ति नपाउने व्यवस्था लागु गर्ने भएको छ ।

आमाबाबुको हेरचाह नगरे सम्पत्ति जफत

काठमाडौं, साउन ५ । ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो । पारित विधेयकले ज्येष्ठ नागरिकप्रति सन्तानको दायित्वलाई बाध्यकारी बनाएको छ । सन्तानले दायित्व पूरा नगरेमा पैत्रिक सम्पत्तिको अधिकार […]

आमाबाबुको हेरचाह नगरे सम्पत्ति जफत

ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो ।  पारित विधेयकले ज्येष्ठ नागरिकप्रति सन्तानको दायित्वलाई बाध्यकारी बनाएको छ । सन्तानले दायित्व पूरा नगरेमा पैत्रिक सम्पत्तिको अधिकार अन्त्य गर्ने, स्थानीय तहले हेरचाहको जिम्मेवारी लिने वा हेरचाह गर्ने नातेदार वा हकवालालाई सम्पत्ति हस्तान्तरणको व्यवस्था विधेयकले ग

छुटाउनै नहुने आजका मुख्य ११ खबर

एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनपछि आफ्नो पार्टीको एकल सरकार बनाउने गरि तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।भीम रावल एक्लैको विरोधले संसद बैठक स्थगित भएको छ। मधेश प्रदेशको कृषि मन्त्रालयमा जनमत पार्टीले तालाबन्दी गरेको छ। बाबुआमाको हेरचाह नगर्ने छोराछोरीको सम्पत्ति सरकारले खोस्ने कानून संसदबाट पारित भएको छ। ३९१ जना कोरोना संक्रमित थपिँदा ४६ जना भए निको भएका छन्

बाबुआमाको हेरचाह नगर्ने छोराछोरीको सम्पत्ति खोसिने

प्रतिनिधिसभाबाट पारित विधेयकमा भनिएको छ, ‘हेरचाह नगरिएका वा अलपत्र अवस्थामा रहेका ज्येष्ठ नागरिकको जायजेथा वा अंशभाग भएमा स्थानीय तहले आफ्नो स्वामित्वमा ल्याई निजको हकहितका लागि परिचालन गर्नेछ ।’

वृद्ध सासुको सम्पत्ति लिएर हेरचाह नगरेको अभियोगमा पूर्वमहानिर्देशक रेग्मी पक्राउ

वृद्ध सासुको सम्पत्ति लिएर हेरचाह नगरेको अभियोगमा जलउत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक कमलप्रसाद रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बिहीबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए । प्रहरीले उनकी श्रीमती सुष्मा रिजाल रेग्मीलाई २२ चैतमा पक्राउ गरेको थियो । सोही मुद्दामा कमलप्रसाद पनि प्रतिवादी भएकाले पक्राउ गरिएको सिंहले जनाए । कमल र सुष्माले स्व. भुपेन्द्रप्रसाद रिजालको नाममा रहेको माछापुच्छ्रे बैंकको खातामा रहेको रकम र लकरमा रहेको सुनचाँदी समेत अनधिकृत रुपमा निकाले...