बेड नपाएर बिरामीको मृत्यु भएपछि आक्रोशित बनेका आफन्तले दिल्लीको सरिता बिहारस्थित अपोलो अस्पतालमा तोडफोड गरेका छन् । घटनामा अस्पतालका चिकित्सक र नर्सहरू पनि घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार बिहानै गम्भीर अवस्थामा अस्पताल पुर्याइएकी कोरोना संक्रमित ६२ वर्षीया महिलाको इमर्जेन्सीमै अक्सिजन दिएर राखिएको थियो ।