प्रहरीलाई निलम्बन र अध्यागमन अधिकृतलाई विभागीय कारबाही सिफारिस

काठमाडौँ : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच भएको कुटपिट प्रकरणमा छानबिन समितिले प्रतिवेदन बुझाएको छ। छानबिन समितिका संयोजक थानेश्वर गौतमले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा विमानस्थलमा कार्यरत असई सञ्जय तामाङलाई निलम्बनको सिफारिस गरिएको छ भने अध्यागमन अधिकृत छायाँलाल मोक्तानलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ। उनलाई हटाएर गृह मन्त्रालयमा तानी आचरणसम्बन्धी कारबाही गर्न समेत सिफारिस गरिएको छ। 

सम्बन्धित सामग्री

कर्मचारी कुटपिट प्रकरण: असईलाई निलम्बन, अधिकृतलाई विभागीय कारबाही सिफारिस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका अधिकृत छाँयालाल मोक्तानलाई अध्यागमन कार्यालयबाट हटाई विभागीय कारबाही गर्न र कुटपिटमा संलग्न असई प्रकाश चौधरीलाई निलम्बन गर्न सिफारिस गरिएको छ।