कर्मचारी कुटपिट प्रकरण: असईलाई निलम्बन, अधिकृतलाई विभागीय कारबाही सिफारिस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका अधिकृत छाँयालाल मोक्तानलाई अध्यागमन कार्यालयबाट हटाई विभागीय कारबाही गर्न र कुटपिटमा संलग्न असई प्रकाश चौधरीलाई निलम्बन गर्न सिफारिस गरिएको छ।