प्रेस युनियन निर्वाचन : अध्यक्षमा शिव लम्सालको अग्रता

हेटौंडा – नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना जारी छ। ६ सय १२ मतगणना हुँदा अध्यक्षमा इतर पक्षका उम्मेदवार शिव लम्सालले ४५ मतले अग्रता लिएका छन्। लम्सालले ३१६ मत पाउँदा संस्थापन पक्षकी उम्मेदवार अनिता बिन्दुले २७१ मतका साथ पछ्याइरहेकी छन्। बरिष्ठ उपाध्यक्षमा प्रेम केसीले २९५ मत पाउँदा सरोज अधिकारीले २८७ मत ल्याए । उपाध्यक्षमा नकुल […]

सम्बन्धित सामग्री

प्रेस युनियन कर्णाली प्रदेशको अधिवेशनमा तनाव, दुई पक्षबीच माइक खोसाखोस

सुर्खेत । नेपाल प्रेस युनियन कर्णाली प्रदेश प्रथम अधिवेशनको कार्यक्रममा संस्थापन पक्ष र इतर पक्षका नेताहरुबीच विवाद भएको छ । बिहीबार वीरेन्द्रनगरको टाकुमा होटेलमा आयोजित अधिवेशनमा संस्थापन पक्षधर युनियनका नेताहरूले पार्षद्को विषयलाई लिएर विवाद उठाएपछि लफडा भएको हो ।  संस्थापन इतर पक्षधरका पार्षदहरु धेरै भएको र संस्थापन पक्षधर पार्षदहरुको नाम काटिएको भन्दै युनियनका हुम्ला प्रतिनिधिले माइक नै चुँडाएका थिए ।  कार्यक्रममा एक सहभागीले भने,‘ दुई पक्षधरबीच माइक खोसाखोसको स्थिति सृजना भएको थियो ।’ कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, कांग्रेस नेता डा मिनेन्द्र रिजाल, कांग्रेस नेता हृदयराम थानी लगायतको सहभागिता थियो । उनीहरूकै अगाडि माइक खोसाखोस...

प्रेस युनियन अध्यक्षमा लम्साल विजयी

हेटौंडा । प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी हुनुभएको छ । नवांै महाधिवेशनअन्तर्गत आइतबार साँझ सार्वजनिक मतपरिणामअनुसार अध्यक्षमा लम्सालले ७ सय ४५ मतसहित विजयी हुँदा आकांक्षी अनिता विन्दुले ६ सय १२ मत पाउनुभयो । लम्साल संस्थापनइतरको उम्मेदवार हुनुहुन्छ भने विन्दु संस्थापन पक्षकी उम्मेदवार हुनुहुन्छ । अर्का आकांक्षी भुवन भट्टले १९ मत पाउनुभयो । १ हजार […]

प्रेस युनियन पदाधिकारमा कसले कति मत प्राप्त गरे

काठमाडौं । हेटौंडामा साउन ६ र ७ गते सम्पन्न नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । ८ वर्षपछि सम्पन्न भएको महाधिवेशनले कार्यसमितिको अध्यक्ष पदमा शिव लम्साल ७ सय ४५ मत ल्याएर निर्वाचित भए । उनका निकटम प्रतिद्वन्द्वी अनिता विन्दुले ६ सय १२ मत प्राप्त गरिन् । अर्का अध्यक्षका उम्मेदवार भुवन […]

नेपाल प्रेस युनियन निर्वाचन : मतगणना जारी लम्साल अगाडि

नेपाल प्रेस युनियनको अध्यक्ष पदमा शिव लम्सालले अग्रता लिनुभएको छ । हेटौंडामा शनिबार सम्पन्न भएको निर्वाचनमा अध्यक्ष पदका लागि शिव लम्साल र अनिता विन्दुले उम्मेदवारी दिनुभएको थियो ।

प्रेस युनियन निर्वाचन : ८७ पदका लागि १ सय ७३ जना भिडदै (सूचीसहित)

नेपाली काँग्रेसनिकट शुभेच्छुक संगठन नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन शुक्रबारदेखि जारी छ। हेटौँडामा जारी महाधिवेशनले प्रेस युनियनको नयाँ नेतृत्वसहित अन्य पदाधिकारी चयन गर्नेछ। सभापतिसहित ८७ पदका लागि १ सय ७३ ले उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारको अन्तिम नामावली अनुसार अध्यक्ष पदका लागि संस्थापन पक्षबाट अनिता बिन्दु र संस्थापन इतर पक्षबाट शिव लम्साल चुनावी मैदानमा छन्।

प्रेस युनियन चुनाव : १२१ पदका लागि २०७ जना मैदानमा (सूचीसहित)

हेटौँडा । नेपाल प्रेस युनियनको नयाँ नेतृत्वको लागि आज हेटौँडामा मतदान हुँदैछ । युनियनको नयाँ नेतृत्वमा संस्थापन पक्ष र संस्थापन इत्तर पक्षबाट अध्यक्षसहित अन्य पदका लागि आज मतदान हुँदैछ । अध्यक्षका लागि अनिता विन्दु, शिव लम्साल र भुवन भट्टबीच प्रतिस्पर्धा हुँदैछ ।अन्तिम नामावली अनुसार १२१ पदको लागि २०७ जनाले उम्मेदवारी दिएका छन् । हालसम्म ३२ […]

प्रेस युनियन चुनाव, पदाधिकारीमा क–कसको दाबी?

काठमाडौं :  सत्तारूढ दल नेपाली कांग्रेसनिकट पत्रकारहरूको संस्था प्रेस युनियनको महाधिवेशनमा आधा दर्जन बढीले अध्यक्षको उम्मेदवारका दाबी गरेका छन्।अध्यक्षको दाबी गर्नेमा अनिता विन्दु, सरोज अधिकारी, रामप्रसाद दाहाल, दीपक आचार्य, शिव लम्साल,सन्तोष न्यौपाने, भुवन भट्ट, उमिद वागचन्द, दामोदर दवाडीलगायत छन्।वरिष्ठ उपाध्यक्षमा लीलाराज खनाल, निरज खतिवडा लगायतले प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। उपाध्यक्षमा दिलिपाश्री अधिकारी, सलोजा दाहाल, ऋषिकान्त पौडेल, कल्पना शर्मा, जनार्दन घिमिरेलगायतले दाबी