नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीको आसन्न महाधिवेशनका लागि लेखिने दस्तावेजमा समाजवादको प्रयोगलाई नेपाली परिवेश सुहाउँदो वैचारिक दृष्टिकोणसहित समावेश गरिने बताउनुभएको छ । समाजवादी अध्ययन तथा अनुसन्धान केन्द्रद्वारा शुक्रबार आयोजित कार्यक्रममा उहाँले जनताको बहुदलीय जनवाद, नौलो जनवादलगायत विचार प्रयोग भएको बताउँदै मुलुकको विकास तथा जनताको आर्थिक रुपान्तरणका लागि समाजवादको आदर्शलाई कार्यान्वयन …