साढे ६६ अर्बको जहाज उपहार दिने मनकारी कतारी राजा, नेपालमा ल्याउँदैछन् ३ जहाज

काठमाडौं । कतारका राजा शेख लमिम बिन हमाद अल थानी आज दुई दिने नेपाल भ्रमणमा आउँदै छन् । उनी फिलिपिन्स र बंगलादेशको भ्रमणपछि सिधै नेपाल आउन लागेका हुन् । उनी आज  दिउँसाे साढे ३ देखि ४ बजेसम्ममा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण हुने बताइएको छ । उनी आउने समयमा विमानस्थलमा आकष्मिक बाहेक अन्य विमानहरू उडान […]

सम्बन्धित सामग्री

दुबईका राजकुमारले दुर्गा प्रसाईलाई दिए सुनको लौरो उपहार

नेपाल भ्रमणमा आएका संयुक्त अरब इमिरेट्स (यूएई) का अधिराजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन् ।काठमाडौँ ओर्लिनासाथ श्री एयरको जहाज चार्टर गरेर झापास्थित चन्द्रगढी विमानस्थलमा ओर्लिएका अधिराजकुमार मोक्तुमले आफूलाई स्वागत गर्न पुगेका एमाले केन्द्रीय सदस्य एवम् व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका हुन् ।उनले विमानस्थलमै प्रसाईलाई सुनको लौरो हस्तान्तरण गरेका हुन् । अधिराजकुमार झापामा २ दिन बस्ने छन् ।झापा बस्दा अधिराजकुमार मोक्तुमले बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको अवलोकन गर्नेछन् । उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा पेट सिटी स्क्यान मेसिनको उद्घाटन गर्नेछन् ।उनी प्रसाईंको विशेष निमन्त्रणामा ३ दिने नेपाल भ्रमणमा र्आका आएका हुन् । उनी आइतबार साँझ पोखरा जाने कार्यक्रम पनि छ ।

दशैंतिहारमा हवाई कम्पनीको उपहार योजना :  ७० % भन्दा बढी बुकिङ

असोज २०, काठमाडौं । दशैंतिहारलाई लक्षित गरेर हवाई कम्पनीले विभिन्न अफर, छूटको प्याकेज सार्वजनिक गरिरहेका छन् । दशैंमा त्यसै पनि भरिभराउ हुने हवाई उडान यात्रुको मागका आधारमा उडान संख्या थपेर भए पनि सेवा सञ्चालनमा तम्तयार छन्, वायुसेवा कम्पनीहरु पनि ।             ठूला एयरलाइन्सको दशैंका लागि ७० प्रतिशतभन्दा बढी बुकिङ भइसकेको छ । दशैंका लागि केही उडान सङ्ख्या थपिने बुद्ध, यती र सौर्य एयरलाइन्सले बताएका छन् । शरद ऋतुको सफा मौसममा हिमाल डाँडापखेराको दृश्यावलोकन गर्दै सहज र सुलभ यात्राका लागि यात्रुहरु पनि निकै इच्छुक छन् । सडक मार्गको अवस्था राम्रो नभएको र गन्तव्यमा पुग्न निकै झन्झट बेहोर्नु पर्ने बाध्यताले यात्रुले थोरै रकम महङ्गो भए पनि हवाई यात्रा नै रोज्छन् ।             आन्तरिक उडानका ठूला वायुसेवा प्रदायक बुद्ध एयर, यती एयरलाइन्स, सौर्य एयर, गुण एयरलाइन्स लगायतले दशैं बिजनेसका लागि साबिकको उडान संख्या बढाएर यात्रुको मागअनुरुप सेवासुविधा विस्तारमा जुटेका हुन् । ठूला एयरलाइन्सले विभिन्न अफरहरु पनि सार्वजनिक गरेका छन् ।             यतीको स्कुटरदेखि हिरा जित्ने मौका             यती एयरलाइन्सले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर आफ्ना यात्रुहरुका लागि विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । एयरलाइन्सले दशैंतिहार योजनाअन्तर्गत यात्रुहरुले स्कुटरदेखि हिरासम्मका उपहार प्राप्त गर्न सक्ने बताएको छ । उक्त अभियानमा प्रथम विजेतालाई यामाहाको फसिनो १२५ एफ आई स्कुटर, दोस्रो विजेता एक जोडीका लागि दुबई जानेआउने हवाई टिकट र तेस्रो हुनेलाई हिराको टप प्रदान गरिने एयरलाइन्सले बताएको छ । यो योजना असोज २१ गतेदेखि कात्तिक २४ गतेसम्म यती एयरलाइन्समार्फत उडान गर्ने सम्पूर्ण यात्रुमा लागू हुनेछ ।             अग्रिम टिकट बुकिङ गरी यसै समयावधिमा उडान गर्ने सम्पूर्ण यात्रुहरुलाई पनि यो योजना लागू हुने कम्पनीले बताएको छ । ३४ दिनसम्म चल्ने यस दशैंतिहार योजनाअन्तर्गत प्रथम पुरस्कारको प्रायोजन यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज, दोस्रो पुरस्कार सस्तो टिकट अनलाइन ट्राभल एजेन्सी र तेस्रो पुरस्कार श्री बालाजी डाइमन्डले प्रायोजन गरेकोे हो ।             हर्षोल्लासका साथ मनाइने नेपालीको महान् चाडहरुमा यती एयरलाइन्समार्फत यात्रा गर्ने सम्पूर्ण यात्रुलाई लक्षित गरेर यो योजना सञ्चालन गरिएको र यात्रुहरुले पनि आरामदायी र सुरक्षित यात्रासँगै उपहार प्राप्त गरी खुसी साटासाट गर्न सकून् भन्ने उद्देश्य रहेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।             अफर कसरी प्राप्त गर्ने ?           यतीको दशैं अफरमा सहभागी हुनका लागि एयरलाइन्सका यात्रुहरुले यात्रा अघि विमानस्थलमा सुरक्षा जाँच गरी भित्र छिर्ने क्रममा बोर्डिङ पाससँगै प्राप्त गर्ने ‘लक्की ड्र’ कुपन भरेर ड्रप बक्समा खसाल्नु पर्नेछ । एकतर्फी यात्रा गर्दा एउटा मात्र कुपन पाइनेछ भने सोही अवधिका लागि एकैपटक दुईतर्फी टिकट काटेर यात्रा गर्दा एकतर्फीमै दुई ओटा कुपन पाइने बताइएको छ । अर्थात् एकैपटक दुईतर्फी टिकट लिएर यात्रा गर्दा एकैजनाले चार ओटा ‘लक्की ड्र’ कुपन पाउनेछन् ।          असोज २१ देखि कात्तिक २४ गतेसम्म भरिएका कुपनहरुलाई सङ्कलन गरी गोलाप्रथामार्फत प्रथम, द्वितीय र तृतीय विजेता छुट्याइने र यसको जानकारी आफ्ना सोसल मिडियामार्फत सार्वजनिक गरिने यती एयरलाइन्सले बताएको छ । हाल यतीले पाँच ओटा एटीआर–७२ विमानमार्फत विभिन्न आठ ओटा गन्तव्यमा उडान गर्दै आएको छ ।             बुद्धको विशेष अफर             आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरले पनि आफ्ना ग्राहकका लागि विशेष आकर्षक अफर ल्याएको छ । कम्पनीले आफ्नो २४औं वार्षिकोत्सवको अवसर पनि भएकाले दशैंतिहारका लागि अफर नभनी विशेष अफर सार्वजनिक गरेको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार कम्पनीको यही असोज २५ गते पर्ने वार्षिकोत्सवलाई लक्षित गरेर यात्रुका लागि अफर बनाएको छ । मोबाइल एपबाट टिकट खरीद गर्दा ‘लक्की ड्र’ मार्फत निःशुल्क टिकट उपलब्ध गराइरहेको छ । हरेक गन्तव्यबाट काठमाडौं फर्कंदा रिटर्न टिकट निःशुल्क दिइनेछ । अफर योजनाअन्तर्गत हरेक दिन दुईजनालाई निःशुल्क टिकट दिइनेछ । यो योजना अगष्ट १ देखि ११ तारिखसम्म कायम गरिएको कम्पनीले बताएको छ ।             बुद्ध एयरले अहिले दैनिक १४० भन्दा बढी उडानमार्फत करीब ८  हजार जना यात्रुलाई सेवा दिइरहेको छ । कम्पनीको दशैंको बुकिङ ७० प्रतिशतभन्दा बढी छ । दशैंमा यात्रुको मागबमोजिम उडान थप गर्नका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गरिने कम्पनीको भनाइ छ ।             बुद्ध एयरले थप नयाँ एटीआर जहाज भित्र्याउँदै             आन्तरिक उडानको सबैभन्दा बढी जहाज र उडान हिस्सा ओगट्ने अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरसँग अहिले १३ थान एटीआरसहित १५ थान जहाज छन् । कम्पनीको १६औं जहाज आगामी डिसेम्बर महीनाभित्रै नेपाल भित्रिने बताएको छ । बुद्धले १४औं एटीआर जहाज भित्र्याउन लागेको हो । एटीआर–७२ जहाज भित्रिएपछि प्रमुख गन्तव्यको उडानमा सहजता हुने कम्पनीले विश्वास लिएको छ ।             यता श्री एयरलाइन्सले पनि आफ्ना छ ओटा जहाजमार्फत उडान सञ्चालन गरिरहेको छ । दशैंमा यात्रुको मागअनुरुप उडान सङ्ख्या बढ्नसक्ने कम्पनीले बताएको छ । गुण एयरलाइन्सले पाँच ओटा जहाजमार्फत सेवा सञ्चालन गरिरहेको छ । पर्यटकीय याम पनि भएकाले हेलिकप्टरको उडानमा पनि चाप बढेको छ ।             दशैंमा कुन एयरलाइन्सका कति उडान ?             सामान्य अवस्थाभन्दा दशैंमा एयरलाइन्सको उडान चाप हुन्छ । यात्रुको सङ्ख्या अत्यधिक भएपछि कम्पनीले उडान सङ्ख्या थपेर भए पनि सेवा दिन्छन् । यो पटकको दशैंमा पनि हवाई यात्रुको अत्यधिक चाप हुने एयरलाइन्सको भनाइ छ ।   एयरलाइन्सका अनुसार हवाई उडान सङ्ख्या बढेसँगै विमानस्थलको आन्तरिक उडानमा समस्या आएको छ । क्षेत्रीय हब विमानस्थलमा स्लट व्यवस्थापन नहुँदासम्म यो समस्या कम नहुने एक एयरलाइन्सका अधिकारीको बुझाइ छ । अहिले बुद्धको १४०, यतीको करिब ५०, श्री एयरलाइन्सको १६ र सौर्यको आठ तथा गुणलगायत एयरलाइन्सको उडान सङ्ख्या पनि बढेको छ ।     राति ९ बजेसम्म उडान             काठमाडौं विमानस्थल बिहान ६ देखि साँझ ७ बजेसम्म सञ्चालन हुन्छ । काठमाडौंबाट छुटेका जहाज गन्तव्य पुगेर फर्कंदा राति ८ः३० देखि ९ः१५ बजेसम्म समय लाग्छ । यसरी हेर्दा आन्तरिक उडान पनि राति ९ बजेसम्म सञ्चालन भइरहेको छ । विशेषगरी क्षेत्रीय हब विमानस्थल रात्रिकालीन उडान योग्य भएकाले पनि उडान व्यवस्थापनमा सहजता आएको विमानस्थलको भनाइ छ ।             सामान्य अवस्थामा भन्दा दसैँका बेला दैनिक १० देखि १५ उडान सङ्ख्या बढ्न सक्ने विमानस्थलले बताएको छ । अहिले आन्तरिकतर्फ दैनिक करीब ३०० ओटा उडान भइरहेको छ । रासस

मोहिनले मोबाइल उपहार दिएर भिसा झिकाए, तर कतारको जहाज छुट्यो. . .

काठमाडौँ- मोहम्दम मोहिनले १५ वर्ष अघि कतार जाँदा कतार दुःख मात्र साथमा लगेनन् । धनुषामा आफूले पाएको जस्तै दुखः नपाउन भनेर उनले जेठा छोरालाई पनि लिएर गएका थिए । उनले पसिना मात्र बगाएका थिएनन् त्यहाँ यौवन उमेर पनि सके । उनी एक दशक बढी कतारमा काम गरी फर्केर दुई वर्ष अघि स्वदेश फर्केका थिए । सदाको लागि मरु…

मोहिनले मोबाइल उपहार दिएर भिसा झिकाए, तर कतारको जहाज छुट्यो. . .

काठमाडौँ- मोहम्दम मोहिनले १५ वर्ष अघि कतार जाँदा कतार दुःख मात्र साथमा लगेनन् । धनुषामा आफूले पाएको जस्तै दुखः नपाउन भनेर उनले जेठा छोरालाई पनि लिएर गएका थिए । उनले पसिना मात्र बगाएका थिएनन् त्यहाँ यौवन उमेर पनि सके । उनी एक दशक बढी कतारमा काम गरी फर्केर दुई वर्ष अघि स्वदेश फर्केका थिए । सदाको लागि मरु…

इसेवा मार्फत हवाई जहाज टिकट काट्ने हरेक यात्रुले आकर्षक उपहार पाउने

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत हवाई जहाज टिकट काट्दा हरेक यात्रुले आकर्षक उपहार जित्न सक्ने भएका छन्। नेपालको आन्तरिक उडानतर्फ कुनै पनि गन्तव्यमा जाने हवाई यात्रु यस योजनामा सहभागी हुनेछन्। यो योजना एक महिनासम्म सञ्चालन हुनेछ।

इसेवामार्फत हवाई जहाज टिकट काट्दा उपहार पाइने

काठमाडौं, २० साउन । इसेवामार्फत हवाई जहाज टिकट काट्दा हरेक यात्रुले आकर्षक उपहार जित्न सक्ने भएका छन् । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको योजनामा नेपालको आन्तरिक उडानतर्फ कुनै पनि गन्तव्यमा जाने हवाई यात्रु सहभागी हुन सक्ने भएका छन् । यो योजना एक महिनासम्म सञ्चालन हुनेछ । यस योजना अन्तरर्गत इसेवामार्फत हवाई टिकट काट्ने हरेक […]

इसेवामार्फत हवाइ टिकट काट्ने हरेक यात्रुले आकर्षक उपहार पाउने

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा मार्फत हवाइ जहाज टिकट काट्दा हरेक यात्रुले आकर्षक उपहार जित्न सक्ने भएका छन् । नेपालको आन्तरिक उडानतर्फ कुनै पनि गन्तव्यमा जाने हवाइ यात्रु उक्त योजनामा सहभागी हुनेछन् । सो योजना एक महिनासम्म सञ्चालन हुने जनाईएको छ । सो योजना अन्तरर्गत इसेवा मार्फत हवाइ टिकट काट्ने हरेक यात्रुले अमार्या फेशन हाउसमा […]

खोप महाशक्तिका रुपमा उदय हुँदै भारत

हिन्द महासागरमा रहेको देश सेचलिसमा गत महिना कोरोना खोप बोकेको भारतीय जलसेनाको जहाज अवतरण गर्‍यो, त्यहाँका विदेशमन्त्री र उच्चअधिकारी भारतबाट प्राप्त उक्त महत्वपूर्ण उपहार लिन लामबद्ध थिए। भारतले आफ्नै मुलुकमा निर्माण भएको तथा अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाको ५० हजार डोज कोरोना खोप सेचलिसलाई अनुदानमा उपलबध गराएको थियो।

कतार एयरवेजको बम्पर उपहार सरोज र प्रेमचन्द्रलाई

कतार एयरवेज र लक्की ट्राभल्सले संयूक्त रुपमा आयोजना गरेको प्रवद्र्धन योजनाको बम्पर उपहार सरोज अधिकारी र प्रेमचन्द्र शाहले जितेका छन्। यस योजनाको अवधिमा कतार एयरलाइन्सका जहाज प्रयोग गरेकामध्येबाट दुई जनाको नाम छनौट गरिएको हो। यी दुई विजेताले कुनै पनि गन्तव्यमा जान कतार एयरवेजको ‘राउण्ड ट्रिप’ टिकट प्राप्त गर्नेछन्। तीन महिनाअघि सुरु भएको यो बम्पर उपहार…