इसेवा मार्फत हवाई जहाज टिकट काट्ने हरेक यात्रुले आकर्षक उपहार पाउने

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत हवाई जहाज टिकट काट्दा हरेक यात्रुले आकर्षक उपहार जित्न सक्ने भएका छन्। नेपालको आन्तरिक उडानतर्फ कुनै पनि गन्तव्यमा जाने हवाई यात्रु यस योजनामा सहभागी हुनेछन्। यो योजना एक महिनासम्म सञ्चालन हुनेछ।