काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसद्मा टेबल गर्ने सहमति गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाकारी दिए। आज बसेको गठबन्धनको बैठकपछि पत्रकारसँग कुरा गर्दै कार्कीले भने ‘गठबन्धनमा सहमति भएको छ। आज संसद् एमसीसी टेबल हुन्छ।’एमसीसीका विषयमा गठबन्धनको बैठकमा पाँचै पार्टीका नेताहरूले आ–आफ्नो धारणा राखेका थिए। उनीह