धनकुटा नगरपालिका २ स्थित भिरगाउँमा आठ कोठे पक्की स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाद्वारा १ करोड ९७ लाख लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन शनिबार शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गर्ने तय भएको थियो । यसका लागि झाँक्री शुक्रबार नै विराटनगर हुँदै धनकुटातिर उक्लेकी छन् । तर, मन्त्री झाँक्री धनकुटा पुग्नुअगावै धनकुटाका एमाले सांसद राजेन्द्र राईले भिरगाउँ पुगेर भवन उद्घाटन गरिभ्याएका छन् । धनुकुटाका नेकपा एकीकृतका एक नेताले रातोपाटीस