काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरपालिकामा रहेको पाटन माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ ।
२०७२ को भूकम्पपछि क्षतिग्रस्त बनेको पाटन माध्यमिक विद्यालयको नवनिर्मित भवन प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो । याे भवन जापान सरकारको ऋण सहयोगमा नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले निर्माण गरेको हो ।
भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाटन माध्यमिक विद्यालय नेपालको इतिहास र व्यवस्थासँग जोडिएको बताउनुभयो ...