कर्णालीमा सत्ता गठबन्धनलाई बहुमत

काठमाडौँ,११ मँसिर । विसं २०७४ को प्रदेशसभा निर्वाचनमा बहुमत पु¥याउन एक सिट कम भएको सत्ता गठबन्धनले खभैरै सम्पन्न निर्वाचनबाट बहुमत प्राप्त भएको छ । यसअघिको निर्वाचनमा माओवादी केन्द्र र एमालेबीच तालमेल भएको थियो । उक्त गठबन्धनले २० सिट जितेको थियो । यसपालीको चुनावमा सत्ता गठबन्धनले १८ सिट जितेको छ । एमाले पाँच सिटमा विजयी भएको […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धनलाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । चुनावी परिणामबारे छलफल गर्न मंगलबार बसेको सचिवालयको बैठकले गठबन्धनलाई कायम राखेर जाने निर्णय गरेको हो । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धनको भावनाबाट अगाडि बढ्ने निष्कर्ष निकालिएको बताए । उनले रातोपाटीसँग भने, ‘ गठबन्धनलाई निरन्तरता दिनुपर्छ । गठबन्धनले निरन्तरता प्राप्त पनि गर्छ । गठबन्धनको बहुमत पनि पुग्छ ।’मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई चित्त बुझाउनको विक

सत्ता गठबन्धनलाई प्रत्यक्षमा बहुमत

काठमाडौं, मंसिर ११ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा सत्ता साझेदार पाँचदलीय गठबन्धनले ५० प्रतिशतभन्दा बढी सिटमा विजयी हासिल गरेको छ । नयाँ राजनीतिक दलको उदयले प्रभाव क्षेत्रमै प्रमुख दलहरू पराजित भए पनि पाँचदलीय गठबन्धनले सरकार गठबन्धनका लागि सुविधाजनक बहुमत प्राप्त गरेको हो । निर्वाचन परिणामअनुसार नेपाली कांग्रेस […]

‘संविधानको रक्षा र लोकतन्त्रको संस्थागत विकासका लागि सत्ता गठबन्धनलाई मत’

काठमाडौं, २८ कात्तिक । नेपाली कांग्रेसले संविधानको रक्षा, लोकतन्त्रको संस्थागत विकास, रोजगारी र स्थायित्वका लागि सत्ता गठबन्धनले पूर्ण बहुमत प्राप्त गर्ने जनाएको छ । कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा विसं २०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुई तिहाइ नजिक स्थान जितेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पाँच वर्षसम्म स्थायित्व नदिएकाले अब […]

सत्ता गठबन्धनलाई बहुमत दिलाउन शीर्ष नेताको आह्वान

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थायी शान्ति र लोकतन्त्रका लागि सत्ता गठबन्धनलाई बहुमत दिलाउन आग्रह गरे ।प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई […]

गठबन्धनलाई बहुमत दिलाउन प्रधानमन्त्रीकाे आह्वान

काठमाडौं- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई प्रचुर मात्रामा बहुमत दिलाएर देशमा स्थायी शान्ति र लोकतन्त्र स्थापनामा सहयोग गर्न आह्वान गरेका छन्। ललितपुर जिल्लास्तरीय वाम–लोकतान्त्रिक गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले आगामी आमनिर्वाचनमा रूख भएको ठाउँमा रुखमा, हसिया हथौडा भएको ठाउँमा हँसिया हथौडामा र कलम भएको ठाउँमा कलम चिन्हमा मतदान […]

सत्ता गठबन्धनलाई दुई तिहाई बहुमत आवश्यक छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत दिन आम मतदातालाई आग्रह गर्नुभएको छ । गृहमन्त्री खाँणले नागरिकताबिहीन नेपाली नागरिकहरुलाई नागरिकता दिन संविधान संशोधन गर्नुपर्ने भएकाले पनि सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत आवश्यक रहेको जिकिरसमेत गर्नुभयो । मंगलबार […]

मतदातालाई गृहमन्त्रीको आग्रहः सत्ता गठबन्धनलाई दुई तिहाई बहुमत दिनुहोस्

काठमाडौँ – गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत दिन मतदातालाई आग्रह गरेका छन्। गृहमन्त्री खाणले नागरिकताविहीन नेपाली नागरिकहरुलाई नागरिकता दिन पनि संविधान संशोधन गर्नुपर्ने भएकाले पनि सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत आवश्यक रहेको जिकिरसमेत गरे। मंगलबार काठमाडौँमा आयोजित गैरआवासीय नेपाली […]

तीन वटै चुनावमा एमालेले बहुमत ल्याउँछ : अध्यक्ष ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय, प्रदेश र सङ्घका तीन वटै चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्नुभएको छ ।  स्थानीय तहको चुनावबारे आज शुक्रवार एमालेले आयोजना गरेको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धनलाई पराजित गर्ने दाबी गर्नुभयो । उहाँले चुनावमा धाँधली गरेर जित्ने प्रयास नगर्न पनि भन्दै नागरिक आफूहरूको पक्षमा रहेको बताउनुभयो । षड्यन्त्र गरेर पार्टी विभाजन गरिएको भए पनि त्यसको असर कम रहेको र चुनावमा जान आफूहरू आतुर रहेको अध्यक्ष ओलीले बताउनुभ...

एमसीसी परियोजना पारित गरेर देखाउन सत्ता गठबन्धनलाई चुनौती

काठमाडौं, भदौ २५ । नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले एमसीसी परियोजना पारित गरेर देखाउन सत्ता गठबन्धनलाई चुनौती दिएका छन् । उनले १ सय ६५ सांसदको बहुमत भएको सरकारलाई एमालेको समर्थन किन चाहियो भन्ने प्रश्न गरे । आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता […]

दुई दलले प्रमाणपत्र पाएसँगै सत्ता गठबन्धन बहुमतमा, एमाले ९८ सिटमा खुम्चियो

काठमाडौ – माधव नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी एकीकृत समाजवादी बनाएसँगै सत्ता गठबन्धनलाई बहुमत पुगेको छ। नेपालसँग प्रतिनिधिसभाका २३ जना सांसद छन्। एमालेमै रहेको अवस्थामा नेपाल पक्षका २२ जनाले शेरबहादुर देउवालाई बहुमत पुर्‍याइदिएका थिए। अब प्रतिनिधिसभामा सत्ता गठबन्धनसँग कांग्रेसको ६३, माओवादीको ४९, एकीकृत समाजवादीको २३ र जसपाको २१ सहित १५६ सांसद पुगेका छन्। यसमा […]