बैतडी : सरकारसँग सहमति गरी शान्तिपूर्ण गतिविधिमा लागेपनि नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको पार्टीका नेता-कार्यकर्ता अझै जेलमा छन्।बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका कारागारमा रहेका सो पार्टीका २१ जना नेता-कार्यकर्ता हालसम्म रिहा नभएका हुन्। सरकार र प्रतिबन्धित नेकपाबीच ३ बुँदे सहमति भएको २ हप्ता बितिसकेको छ।सहमति पश्चात कैलाली कारागारमा रहेमा पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनसहित २ जना छुटका थिए। तर, प्रदेशका अन्य कारागारमा रहेका कार्यकर्ता अझै नछुटेका