पछिल्लो २४ घण्टामा १० हजार ११५ परीक्षणमा ५२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार ६ हजार ३७ पीसीआर परीक्षणमा ४२७ र एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ७८ परीक्षणमा ९४ जनामा पोजिटिभ देखिएको हो ।