बझाङको थलारामा पहिराले ७ घर पुरिए, २३ जना बेपत्ता

बझाङ, २ कार्तिक  । यहाँको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् […]

सम्बन्धित सामग्री

गुरुयोजना बनाएर पीडितका समस्या सम्बोधन गर्छु : प्रधानमन्त्री

महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढी र पहिरोबाट भएको क्षति र पीडितलाई सम्बोधन हुनेगरी गुरुयोजना बनाइने बताउनुभएको छ । बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा बिहीवार साँझ कञ्चनपुरको दोधारा–चाँदनी पुग्नुभएका प्रधानमन्त्री देउवाले सुदूरपश्चिम बाढी र पहिराबाट नराम्ररी प्रभावित भएको बताउनुभयो । ‘बाढी र पहिराले यहाँको अवस्था नै दयनीय बनाइदिएको मैले निरीक्षणका क्रममा पाएँ,’ उहाँले भन्नुभयो, ‘निरीक्षणपछि काठमाडौं फर्किएर गुरुयोजना बनाएर सम्बोधन गरिनेछ ।’ आफू निरीक्षणका क्रममा यहाँ बाढी र पहिरोले पु¥याएको क्षति देखेर दुःखी भएको बताउनुभयो । प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्री रमेश लेखक, नारायणप्रकाश साउद र वीरबहादुर बलायर सहभागी थिए । प्रधानमन्त्रीले डोटी, बझाङ, बैतडी, डँडेलधुरा हुँदै बाढीको क्षति र अवस्थाबारे बिहीवार साँझ कञ्चनपुर पुगेर स्थलगत जानकारी लिनुभएको हो । उहाँले कञ्चनपुरमा ब्रह्मदेव र महाकाली तटीय क्षेत्रमा हवाई निरीक्षणसमेत गर्नुभएको थियो । सुदूरपश्चिममा बाढी र पहिरोका कारण ३१ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता र १७ जना घाइते भएका छन् । पहिरोले सडकमा क्षति पुगेपछि पहाडी जिल्लाको यातायात सेवा अझै निर्बाध रूपमा सञ्चालन हुन सकेको छैन । कञ्चनपुरमा महाकाली नदीमा आएको बाढीले भीमदत्तनगरपालिका–९, ११, १२ र १३ र दोधारा–चाँदनीमा क्षति पु¥याएको थियो । त्यसैगरी बाढीले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै बनिरहेको ६ लेनको पहुँच मार्गको केही भाग कटान गरेको छ । बाढीबाट विस्थापित अझै घर फर्किसकेका छैनन् । पीडित विद्यालय, सार्वजनिक स्थान र आफन्तकोमा आश्रय लिइरहेका छन् । रासस

बझाङको थलारामा पहिराले ७ घर पुरिए, २३ जना बेपत्ता

बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र सकुशल छन् ।

बझाङको थलारामा पहिराले ७ घर पुरिए, २३ जना बेपत्ता

बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र सकुशल छन् ।