देखापढी विजिनेश न्यूज

योगदानका आधारमा सामाजिक सुरक्षा कोषले सापटी दिने योजना ल्याएको छ। सहकारी विभागले घरजग्गामा कर्जा लगानी नगर्न सहकारीहरुलाई निर्देशन दिएको छ। अपर सोलु, श्वेतगंगा र मन्दाकिनी हाइड्रोको सेयर बुधबारदेखि दोस्रो बजारमा कारोबार हुन थाल्यो। चालु आर्थिक वर्षको साउनमा साढे ८३ अर्ब संकलन गर्ने लक्ष्य राखिएकामा १४ अर्ब कम राजस्व उठ्यो। निर्वाचन सामग्री छाप्न इच्छुक निजी छापाखानाले निर्वाचन आयोगमा कोटेशन दिन सक्नेछन्।