आरती स्ट्रिप्सविरुद्ध कारबाही अघि नबढाउन उच्च अदालतको आदेश
मोरङको बूढीगंगास्थित आरती स्ट्रिप्स प्रालिले निष्काशन गरेका मजदुरका विषयमा कुनै कारबाही प्रक्रिया अघि नबढाउन श्रम कार्यालय विराटनगरका नाममा उच्च अदालत विराटनगरले परमादेश जारी गरेको छ
धादिङ । धादिङको सिद्धलेक गाउँपालिकालाई करार कर्मचारी निष्कासन सम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्न र हटाइएका कर्मचारीलाई यथावत् कायम गर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । गत असार मसान्तमा सूचना जारी गरेर हटाइएका ७० जना विभिन्न तहका स्वास्थ्यकर्मी र प्राविधिक तथा अन्य सेवाका कर्मचारीलाई अर्को आदेश नभएसम्मका लागि पहिलेकै अवस्थामा यथावत् राख्न […]
काठमाडौं, जेठ ६ । कोशी प्रदेश अन्तर्गतका खेलकुद विकास बोर्डकाका सदस्य सचिव हंशराज वाग्लेको पद थामिन पुगेको छ । कोशी प्रदेश सरकारलाई उच्च अदालतले बाग्लेलाई हटाउने निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनको पद थमौती भएको हो । कोशी सरकारले गत बुधबार वाग्लेलाई बर्खास्त गर्ने निर्णय लिएको थियो । उक्त निर्णयविरुद्ध वाग्लेले उच्च अदालत […]
काठमाडौं, वैशाख ५ । उच्च अदालत पाटनले सुकुम्बासी बस्तीमा डोजर लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। न्यायाधीशद्वय दुर्गाबहादुर विश्वकर्मा र दीपेन्द्र अधिकारीको इजलासले उक्त आदेश गरेको हो। गत चैत १७ गते न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै इजलासले यही वैशाख १३ गते छलफलका लागि दुवै पक्षलाई बोलाउने निर्णय […]
धरौटीमा रिहा भए पनि लामिछाने केही सर्तको अधीनमा बस्नुपर्ने उच्च अदालतको आदेश छ। जसमा मुद्दाको फैसला नभएसम्म लामिछाने नेपालबाहिर जान नपाउने पहिलो सर्त छ।...
काठमडौँ । उच्च अदालत पाटनले मतपेटिका खरिदसम्बन्धी कामलाई यथास्थितिमा राख्न बुधबार निर्वाचन आयोगका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश महेन्द्रनाथ उपाध्यायको इजलासले निर्वाचन आयोग र रिट निवेदक दुवै पक्षलाई छलफलमा बोलाउँदै तत्काल मतपेटिका खरिदको काम अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो। आदेशमा भनिएको छ, ‘अन्तरिम आदेश जारी हुनेरनहुने सम्बन्धमा निर्णयमा पुग्न उपयुक्त […]
पोखरा । नावालिग गायिका बलात्कारको अभियोग खेपिरहेका अभिनेता पल शाहललाई एकसाथ निवेदन पेश गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपुरले यसअघि उनलाई पुर्पक्षका लागि थुनामा राख्नू भनी आदेश दिएको थियो । सो आदेशविरुद्ध पलले साधारण तारेखमा रिहा हुन पाउनुपर्ने माग गर्दै उच्चमा २ छुट्टाछुट्टै निवेदन दिएका थिए […]
The post पल शाह बलात्कार प्रकरण : निवेदन एकसाथ पेस गर्न उच्च अदालतको आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक.
२४ चैत, काठमाडौं । उच्च अदालत जनकपुरले जनकपुरधाम उपमहानगरपालिकाको फोहोर तत्काल उठाउन आदेश दिएको छ । उपमहानगरपालिकामा लामो समयदेखि फोहोर नउठाइँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेको भन्दै परेको रिटमा उच्च अदालतले फोहोर मैला संकलन, व्यवस्थापन र सुरक्षित विसर्जन तत्काल गर्न आदेश दिएको हो । कामु मुख्य न्यायाधीश विनोद शर्माको इजलासले गरेको आदेशमा भनिएको छ, ‘प्रस्तुत […]
उच्च अदालत, पाटनले पशुपति क्षेत्र विकास कोषविरुद्ध बतास समूहले दायर गरेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नरिधर भण्डारीको एकल इजलासले उक्त आदेश गरेको हो । “अन्तरिम आदेशको टुङ्गो नलागेसम्म मिति २०७६/०१/३० को करार सम्झौताबमोजिम होटेल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा, अवरोध सिर्जना नगर्नु÷नगराउनु भनी विपक्षीका नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको […]
दुई सय ८४ पदको शाखा अधिकृतको विज्ञापनमा दरखास्त स्थगित गर्न उच्च अदालतको आदेश
सरकारले कर्मचारी समायोजनमा गरेको गल्तीका कारण लोकसेवा आयोगका स्थायी पदपूर्तिका विज्ञापन प्रभावित बनेका छन् । कर्मचारी समायोजनताका भएका शाखा...