सुर्खेत : मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशभर १४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।निर्वाचनलाई दृष्टिगत गर्दै प्रदेशमा १४ हजार ८०७ सुरक्षा जनशक्ति परिचालन भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार मतदानस्थलमा पाँच हजार ७२९ जना नेपाल प्रहरी र नौ हजार ७८ जना म्यादी प्रहरी खटाइएको छ। ‘निर्वाचनलाई शान्तिपूर्ण बनाउन लागिपरेका छौँ’, उनले भने,‘प्रत्येक नगरपालि