वैशाख ४, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आईपीओमा आइतवारसम्म मागभन्दा ४४ दशमलव २३ गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतवार साँझ ५ बजेर २ मिनेटसम्म १४ लाख २८ हजार ४४२ जनाले १ अर्ब ६३ करोड ४४ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ६३ लाख ४४ हजार ८३० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले वैशाख २ गतेदेखि ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ विक्री खुला गरेको हो । जसमध्ये १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषको लागि, ६ हजार २ कित्ता कर्मचारीहरुको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६९ हजार ४ ८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा आवेदकले वैशाख ६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आवेदकले सि आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत पनि आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले निष्कासन गरिरहेको आईपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी डबल माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको देखाउछ ।
कम्पनीको आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक सञ्चित नाफा रू. ६ करोड ३१ लाखभन्दा बढी छ । सो अवधिसम्म प्रतिशेयर आम्दानी रू. ६२ दशमलव ७४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ३४४ दशमलव ३६ रहेको छ ।