१८ लाख ६३ हजारले भरे सिवाईसी नेपाल लघुवित्तको आईपीओ, मागभन्दा ५७.२६ गुणा बढी आवेदन

वैशाख ५, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आईपीओमा सोमवारसम्म मागभन्दा ५७ दशमलव २६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमवार साँझ ५ बजेर ९ मिनेटसम्म १८ लाख ६३ हजार ७९४ जनाले २ अर्ब ११ करोड ५९ लाख ७२ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख ५९ हजार ७२० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले वैशाख २ गतेदेखि ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ विक्री खुला गरेको हो । जसमध्ये १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषको लागि, ६ हजार २ कित्ता कर्मचारीहरुको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६९ हजार ४ ८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा आवेदकले वैशाख ६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदकले सि आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत पनि आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले निष्कासन गरिरहेको आईपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी डबल माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको देखाउछ । कम्पनीको आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक सञ्चित नाफा रू. ६ करोड ३१ लाखभन्दा बढी छ । सो अवधिसम्म प्रतिशेयर आम्दानी रू. ६२ दशमलव ७४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ३४४ दशमलव ३६ रहेको छ ।

सम्बन्धित सामग्री

सिवाईसी नेपाल लघुवित्तको आईपीओले पहिलो कारोबारको लागि कति पाउला त ओपन रेञ्ज ?

वैशाख २० काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आईपीओले पहिलो कारोबारको लागि ओपन रेञ्ज रू. ३४४ दशमलव ३६ देखि १ हजार ३३ दशमलव शून्य ८ पाउने देखिएको छ ।  कम्पनीको २०७७/७८ कोे वास्तविक प्रतिशेयर नेटवर्थ रू. ३४४ दशमलव ३६ रहेकाले उक्त रेञ्ज पाउने देखिएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ सूचीकरण प्रक्रियामा रहेको छ । कम्पनीले वैशाख २ गतेदेखि ६ गतेसम्म ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ६ हजार २ कित्ता कर्मचारीकोे लागि छुट्याएको, १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो । कम्पनीले आईपीओ बाँडफाँट वैशाख १५ गते गरेको थियो । गोलाप्रथाको माध्यमबाट भएको बाँडफाँटमा पहिलो चरणमा ३६ हजार ९४८ जनाले १० कित्ताको दरले शेयर पाएका हुन् ।   यसरी बाँडफाँट गर्दा बाँकी रहेको ८ कित्ता शेयर दोस्रो चरणमा ८ जनाले थप १ कित्ताका दरले पाएका थिए  । कम्पनीको आईपीओ ८ जना भाग्यमानी आवेदकहरुले ११ कित्तासम्म प्राप्त गरेका छन् । कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएका मध्ये २१ लाख ६८ हजार ६८५ जना आवेदकको हात खाली भएको छ । विक्री प्रबन्धकका अनुसार यस आईपीओ खरीदका लागि कुल २२ लाख ५ हजार ६६३ जनाले २ करोड ४५ लाख २० हजार १४० कित्ताको लागि आवेदन दिएका थिए ।

सिवाईसी नेपाल लघुवित्तको आईपीओ प्रि–अलोटमेन्ट सम्पन्न, बिहीवार अन्तिम बाँडफाँट

वैशाख १२, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ प्रि–अलोटमेन्ट कार्य सम्पन्न भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले सोमवार आईपीओ प्रि अलोटमेन्ट कार्य सम्पन्न गरेको जानकारी दिएको हो ।  प्रि–अलोटमेन्ट सम्पन्न गरेको तीन दिनभित्र अन्तिम बाँडफाँट गर्नुपर्ने व्यवस्था बमोजिम आईपीओको अन्तिम बाँडफाँट (बिहीवार) वैशाख १५ गते गर्ने जानकारी समेत क्यापिटलले दिएको छ ।  क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले वैशाख १५ गते बिहीवार बिहान ९ बजे क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा आईपीओको अन्तिम बाँडफाँट हुने जानकारी दिएका हुन् । कम्पनीले सर्वसाधारणमा रू. ३ करोड ९५ लाख ३३ हजार ६०० बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता शेयर वितरण गर्न लागेको हो । कुल कित्तामध्ये कम्पनीले ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । सार्वजनिक निष्कासनमार्फत विक्री गरेको ३ लाख ६९ हजार ४८८ कित्ता आईपीओ बाँडफाँटको तयारी कम्पनीले गरेको हो ।  कम्पनीले वैशाख २ गतेदेखि ६ गतेसम्म सर्वसाधारणमा आईपीओ सार्वजनिक निष्कासन गरेको थियो । अन्तिम दिनसम्म कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा ६९ दशमलव ५२ गुणा बढी आवेदन परेको थियो ।  सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुसार २२ लाख ७७ हजार ७४३ जना आवेदकहरुबाट २ करोड ५६ लाख ८८ हजार ४५० कित्ता शेयर खरीद माग भएको हो ।  कम्पनीको आईपीओ बाँडफाँटको अहिलेको व्यवस्था बमोजिम ३६ हजार ९४८ जना आवेदकहरुले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । पहिलो चरणमा न्यूनतम १० कित्ताका दरले शेयर बाँडफाँट गरी बाँकी रहेको ८ कित्ता शेयर थप ८ जनाले एक/एक कित्ताका दरले पाउनेछन् ।  कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ५० प्रतिशत शेयर वितरण गरेको हो । यस कम्पनीको आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक सञ्चित नाफा रू. ६ करोड ३१ लाखभन्दा बढी छ । सो अवधिसम्म प्रतिशेयर आम्दानी रू. ६२ दशमलव ७४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ३४४ दशमलव ३६ रहेको छ ।  धितोपत्र दोस्रो बजारमा कम्पनीले वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्य रेञ्ज पाउनेछ । यस आधारमा कम्पनीको पहिलो शेयर कारोबार प्रतिकित्ता रू. ३४४ दशमलव ३६ देखि रू. १ हजार ३३ सम्ममा हुने देखिन्छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. ८ करोड २१ लाख ८ हजार २४० रहेको छ । आईपीओ बाँडफाँटपश्चात् कम्पनीको चुक्तापूँजी रू. १२ करोड १६ लाख ४१ हजार ८४० पुग्नेछ ।

सिवाईसी नेपाल लघुवित्तको आइपीओमा आजसम्म आवेदन दिन पाइने

काठमाडौं, ६ बैशाख । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आइपीओमा आजसम्म आवेदन दिन पाइन्छ । आइपीओमा मागभन्दा ५७.२६ गुणा बढी आवेदन परेको कम्पनीले जनाएको छ सोमवार साँझ ५ बजेसम्म १८ लाख ६३ हजार ७९४ जनाले २ अर्ब ११ करोड ५९ लाख ७२ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख ५९ हजार ७२० कित्ताका लागि आवेदन […]

आईपीओ निष्कासन गरिरहेको सिवाईसी नेपाल लघुवित्तको नाफा १०९ % बढ्यो

वैशाख ५, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १०९ प्रतिशत वृद्धि भएको हो । गत आवमा रू. ४ करोड ७७ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवमा वृद्धि भएर रू. ९ करोड ९९ लाख पुगेको छ। चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले र रू. ७ करोड १३ लाख खराब कर्जा उठाउन कम्पनी व्वस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको तुलनामा  चालू आवमा खुद ब्याज आम्दानी ५५ प्रतिशत र सञ्चालन नाफा १०१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको चुक्तापूँजी रू. ८ करोड २१ लाख रहेको छ । कम्पनीले हाल आईपीओ निष्कासन गरिरहेको छ । आईपीओ निष्कासन तथा बाँडफाँटपछि पूँजी रू.१२ करोड १६ लाख पुग्नेछ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ३० करोड ४ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. १ अर्ब ४६ करोड सापटि लिएर,रू. १ अर्ब २६ करोड निक्षेप संकलन गरेर रू. ३ अर्ब ३७ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । कम्पनीले वैशाख २ गतेदेखि ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ विक्री खुला गरेको छ । जसमध्ये १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषको लागि,६ हजार २ कित्ता कर्मचारीहरुको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त  आईपीओमा आवेदकले वैशाख ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सिवाईसी नेपाल लघुवित्तको आईपीओमा ११ लाख ६७ हजारभन्दा बढीले भरे आवेदन

वैशाख ४, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आईपीओमा आइतवार बिहानसम्ममा ११ लाख ६७ हजार ५१८ जनाले आवेदन दिएका छन् । सिडिएस क्लियरिङ्गका अनुसार बिहान १० बजेसम्ममा ११ लाख ६७ हजार ५१८ जनाले १ करोड ३४ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारणको लागि विक्री खुला गरिएकोमा ३६ दशमलव ३२ गुणा बढी आवेदन हो । कम्पनीले वैशाख २ गतेदेखि ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ विक्री खुला गरेको हो । जसमध्ये १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषको लागि, ६ हजार २ कित्ता कर्मचारीहरुको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६९ हजार ४ ८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा आवेदकले वैशाख ६ गतेसम्म आवेदन दिन सक्नेछन् । विक्री प्रवन्धकले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने बताएको छ। आवेदकले सि आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत पनि आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले निष्कासन गरिरहेको आईपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी डबल माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको देखाउँछ ।