सरकारले एमआरपीको साटो विद्युतीय राहदानी जारी गर्न थालेपछि राहदानी बनाउन अनेक झन्झट र सास्ती थपिएको छ । विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरिँदा पहिलेजस्तो जिल्ला प्रशासन कार्यालय वा राहदानी विभाग गएर एकै दिनमा आवेदन दिन सम्भव छैन । विद्युतीय राहदानी देशका सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट बनाउन सकिन्छ । तर जिल्लामा भन्दा काठमाण्डौमा रहेको विभागमा राहदानी बनाउनेको सङ्ख्या ठुलो छ । बेलुका साढे चार बजेपछि निश्चित सङ्ख्यामा टोकन खुल्छ । एकै पटक आवेदन दिन खोज्नेहरू धेरै हुँदा अन...