तीन वर्षयता चिसिएको अस्ट्रेलिया–चीन सम्बन्धमा सुधारको संकेत देखिएको छ । अस्ट्रेलियामा ५ महिनाअघि लेबरले सरकार गठन गरेपछि विदेशमन्त्री पेनी वोङ्गले चिनियाँ विदेशमन्त्री वाङ यीसँग पहिलो पटक औपचारिक भेट गरेसँगै दुई देशबीच संवादको क्रम बाक्लो बनेको छ । कम्बोडियामा भइरहेको आसियान सम्मेलनमा प्रधानमन्त्री एन्थोनी अल्बानिजीले आइतबार चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग अनौपचारिक भेट गरेका छन् । उक्त भेटसँगै दुई देशबीचको कूटनीतिक सम्बन्धमा थप सुधार आउने विश्लेषण गरिएको छ ।